Sunday, September 27, 2026

राष्ट्रिय परिचयपत्र सेवा समय परिवर्तन,अब बिहान ७:३० देखि साँझ ७ बजे सम्म

Advertisement
Advertisement

कलैया,०९ असार । जिल्ला प्रशासन कार्यालय बाराले राष्ट्रिय परिचयपत्र वितरणको पुनः समय परिवर्तन गरेको छ। बाराका सहायक प्रमुख जिल्ला अधिकारी छविरमण भट्टराईले सोमबार एक सूचना जारी गरी यसबारे जानकारी दिएका हुन्।

सूचनामा विगत केही दिनदेखि राष्ट्रिय परिचयपत्र बनाउने सेवाग्राहीको चाप बढेको हुँदा सेवाग्राहीहरुको सुविधा र सहजतालाई ध्यानमा राख्दै सेवा प्रवाहलाई थप प्रभावकारी बनाउन मंगलबार देखि लागु हुने गरी समय परिवर्तन गरिएको जनाइएको हो।

राष्ट्रिय परिचयपत्रको विवरण संकलन तथा कार्ड वितरण सम्बन्धी सेवा सार्वजनिक विदाको दिन बाहेक प्रत्येक दिन बिहान ७ः३० बजेदेखि साँझ ७ बजे सम्म सेवा प्रवाह हुने सूचनामा जनाइएको छ।

प्रतिक्रिया लेख्नुहोस्
Advertisement spot_img
Advertisementspot_img
Advertisementspot_img
Advertisementspot_img
Advertisementspot_img
Advertisement
Advertisement

ट्रेन्डिङ

Advertisementspot_img
Advertisementspot_img

सम्बन्धित खबर

ताजाखबर