Thursday, July 23, 2026

अबैध लागुऔषध चरेस सहित एकजना बारा प्रहरीको नियन्त्रणमा

कलैया, ११ असार। अबैध लागुऔषध चरेस सहित एकजनालाई जिल्ला प्रहरी कार्यालय बाराले पक्राउ गरेको छ। पक्राउ पर्नेमा पर्साको वीरगन्ज महानगरपालिका नं.१६ हाल बाराको जीतपुर सिमरा उपमहानगरपालिका वडा नं.६ सिदरीया टोल बस्ने ५६ वर्षिय बच्चु कुमार बुढाथोकी रहेका छन्।

उनलाई प्रहरी चौकी पथलैयाबाट प्रहरी नायब निरिक्षक बब्बी बम्जनको कमाण्डमा खटिएको प्रहरी टोलीले जीतपुर सिमरा उपमहानगरपालिका वडा नं.१ पथलैया चोक स्थितमा नारायणघाटबाट आउदै गरेको ना ५ ख ८१०१ नम्बरको यात्रु बाहक बसलाई रोकी चेक जाँच गर्दा सह-चालक साईडको सिटमा बुढाथोकीले कालो झोलामा अबैध लागुऔषध गरेस लिएर बसिरहेका थिए।

उनको साथबाट प्रहरीले १ किलो ९३३ ग्राम लागू औषध चरेस र ६० हजार ५०० नेपाली तथा ३९ हजार २१७ रुपैयाँ भारु गरी १ लाख २३ हजार रूपैया बरामद भएको हो। पक्राउ परेका बुढाथोकी माथि लागुऔषध सम्बन्धी कसुरमा थप अनुसन्धान भईरहेको छ।

प्रतिक्रिया लेख्नुहोस्

Advertisement

Advertisementspot_img
Advertisement
Advertisement

ट्रेन्डिङ

Advertisementspot_img
Advertisementspot_img

सम्बन्धित खबर

ताजाखबर