29.2 C
Kalaiya

Saturday, July 5, 2025
29.2 C
Kalaiya
Saturday, July 5, 2025

spot_img

बाराको आदर्श कोतवाल गाउँपालिकाले तिर्‍यो ७ सय भन्दा बढी किसानको कृषि विद्युत् महसुल

spot_img
spot_img
spot_img
Advertisement

कलैया,२० असार । बाराको आदर्श कोतवाल गाउँपालिकाले स्थानीय किसानहरूको कृषि विद्युत् मिटरको महसुल तिरिदिएको छ।

Advertisement
Advertisement

गाउँपालिकाले २०८१ साउनदेखि २०८२ असार महिनासम्मको अवधिमा ७७८ जना किसानका कृषि मिटरको विद्युत् महसुल बापत १९ लाख ९५ हजार ८०८ रुपैयाँ बराबरको चेक नेपाल विद्युत् प्राधिकरण सिम्रौनगढ वितरण केन्द्रलाई बुझाएको हो।

Advertisement
Advertisement

गाउँपालिका अध्यक्ष जवाहर प्रसाद साहले सिम्रौनगढ केन्द्रलाई उक्त चेक हस्तान्तरण गरेका हुन । यस कार्यले कृषकहरूको आर्थिक भार केही हदसम्म कम गर्ने विश्वास गरिएको प्रमुख प्रशासकीय अधिकृत विजय कुमार चौरसियाले जानकारी दिए ।

प्रतिक्रिया लेख्नुहोस्
spot_img

सिफारिस

spot_img

सम्बन्धित खबर

ताजाखबर