Thursday, July 23, 2026

बाराको आदर्श कोतवाल गाउँपालिकाले तिर्‍यो ७ सय भन्दा बढी किसानको कृषि विद्युत् महसुल

कलैया,२० असार । बाराको आदर्श कोतवाल गाउँपालिकाले स्थानीय किसानहरूको कृषि विद्युत् मिटरको महसुल तिरिदिएको छ।

गाउँपालिकाले २०८१ साउनदेखि २०८२ असार महिनासम्मको अवधिमा ७७८ जना किसानका कृषि मिटरको विद्युत् महसुल बापत १९ लाख ९५ हजार ८०८ रुपैयाँ बराबरको चेक नेपाल विद्युत् प्राधिकरण सिम्रौनगढ वितरण केन्द्रलाई बुझाएको हो।

गाउँपालिका अध्यक्ष जवाहर प्रसाद साहले सिम्रौनगढ केन्द्रलाई उक्त चेक हस्तान्तरण गरेका हुन । यस कार्यले कृषकहरूको आर्थिक भार केही हदसम्म कम गर्ने विश्वास गरिएको प्रमुख प्रशासकीय अधिकृत विजय कुमार चौरसियाले जानकारी दिए ।

प्रतिक्रिया लेख्नुहोस्

Advertisement

Advertisementspot_img
Advertisement
Advertisement

ट्रेन्डिङ

Advertisementspot_img
Advertisementspot_img

सम्बन्धित खबर

ताजाखबर