Wednesday, July 1, 2026

बारामा लागूऔषध सहित ३ जना पक्राउ

बारा । बारा प्रहरीले लागूऔषध सहित ३ जनालाई पक्राउ गरेको छ । जीतपुरसिमरा उप-महानगरपालिका-२ स्थित सिमरा चोकमा वीरगंजबाट नारायणगढतर्फ जादै गरेको ना ६ ख ६०५९ नम्बरको यात्रुबाहक बसलाई रोकी चेक जाँच गर्ने क्रममा लागू औषध खैरो हिरोइन सहित ३ जनालाई पक्राउ गरिएको बाराका प्रहरी प्रब्क्ता एवम प्रहरी नायब उपरिक्षक दधिराम न्यौपानेले बताए ।

पक्राउ पर्नेमा बस चालक वीरगंज महानगरपालिका-३२ बस्ने अन्दाजी ३० वर्षीय मुनि लाल प्रसाद रौनियार,बस सह-चालक पोखरिया नगरपालिका-२ बस्ने अन्दाजी १९ वर्षीय दिपेन्द्र शर्मा र बस सह-चालक पकहामैनपुर गाउँपालिका-४ खेस्राहा बस्ने अन्दाजी १९ वर्षीय भिम गिरी रहेको प्रहरीले जनाएको छ ।

उनिहरुको साथबाट लागु औषध खैरो हिरोईन ९ ग्राम ७ सय ६० मिलिग्राम बरामद भएको प्रबक्ता न्यौपानेले बताए । पक्राउ परेका तीनै जनाविरुद्द लागू औषध मुद्दा दर्ता गरी जिल्ला अदालत बारा बाट ५ दिन म्याद थप गरी थप अनुसन्धान कार्य भई रहेको जिल्ला प्रहरी कार्यालय बाराले जनाएको छ ।

प्रतिक्रिया लेख्नुहोस्

Advertisement

Advertisementspot_img
Advertisement
Advertisement

ट्रेन्डिङ

Advertisementspot_img
Advertisementspot_img

सम्बन्धित खबर

ताजाखबर