१३ असार, बारा । बारामा माध्यमिक शिक्षा परिक्षा एसईईको नतिजा निराशाजनक देखिएको छ ।
राष्ट्रिय परीक्षा बोर्ड,परीक्षा नियन्त्रण कार्यालयले बुधबार सार्वजनिक गरेको नतिजा अनुसार जिल्लामा एक जना बिद्यार्थीले जीपिए ४ ल्याए पनि समग्ररुपमा नतिजा निराशाजनक छ । सिमरामा रहेको ब्राइटर एकेडेमिका विद्यार्थी राहुल यादवले ४ जीपिए ल्याएका छन् ।
शिक्षा बिकास तथा समन्वय इकाई बाराले दिएको जानकारी अनुसार जिल्लामा साधारण नियमित तर्फ ३.०१ देखि ३.९६ ग्रेडमा १ हजार ४ सय एक,२.१० देखि ३ सम्म १ हजार दुई सय ४५ र ६ हजार ९६ जना बिद्यार्थीले ननग्रेड ल्याएका छन् । कुल ८ हजार ७ सय ४३ जना बिद्यार्थीहरु परिक्षामा सहभागी भएका थिए ।
त्यस्तै साधारण प्राविधिक तर्फ ३.०१ देखि ३.७३ ग्रेड ६३ जना,२.५७ देखि ३ सम्म ५६ जना र २ सय ९५ जना बिद्यार्थीले ननग्रेड ल्याएका छन् ।
यसरी नतिजा हेर्दा साधारण तर्फ ३०.२८ प्रतिशत बिद्यार्थी उत्तीर्ण भएका छन भने ६९.७२ प्रतिशत बिद्यार्थी अनुत्तीर्ण भएका छन् । त्यस्तै प्राविधिक तर्फ २८.७५ प्रतिशत बिद्यार्थी उत्तीर्ण भएका छन भने ७१.२५ प्रतिशत बिद्यार्थी अनुत्तीर्ण भएका छन् ।
बारामा सामुदायिक बिधालय तर्फ श्री ३ चन्द्र उच्च माध्यमिक बिधालय कलैयाका महेश कुमार गुप्ताले ३.९१ जिपिए ल्याएर उत्कृष्ट भएका छन् ।