Monday, June 15, 2026

पहिरोमा पुरिँदा एकै परिवारका पाँच जनाको मृत्यु

बारा, १५ असार । गए राति परेको वर्षाका कारण पहिरोले घर पुरिँदा गुल्मीमा एकै परिवारका ५ जनाको मृत्यु भएको छ ।

गुल्मीको मालिका गाउँपालिका वडा नम्बर ६ अर्जेको कँडेलपाटामा भेषबहादुर विकको घर पुरिदा ५६ वर्षीय भेषबहादुर विक, उनकी श्रीमती ४७ वर्षीया सुन्तली, बुहारी ३० वर्षीया सीता तथा दुई नातिनी सात वर्षीया सपना र दुई वर्षीया विपना पहिरोमा पुरिएर मृत्यु भएको जिल्ला प्रहरी कार्यालय गुल्मीले जानकारी दिएको छ ।

रातीको समयमा माथिबाट आएको पहिरोले घर पुर्दा घरपरिवार सबै पहिरोमा परेका हुन् ।

Pic : Anita khatri 

प्रतिक्रिया लेख्नुहोस्

Advertisement

Advertisementspot_img
Advertisement
Advertisement

ट्रेन्डिङ

Advertisementspot_img

सम्बन्धित खबर

ताजाखबर