Monday, September 14, 2026

कलैयामा मोटरसाइकल र ई–रिक्सा ठोक्किँदा घाइते युवकको मृत्यु

Advertisement
Advertisement Advertisement

बारा, २९ भदौ । बाराको कलैया उपमहानगरपालिका-५ बाल मन्दिरस्थित सडक खण्डमा अवधापुरबाट कलैयातर्फ आउँदै गरेको ना २० प ९२४६ नम्बरको मोटरसाइकल र विपरित दिशाबाट आउँदै गरेको म प्र ०३-००१ ह ६११३ नम्बरको इ-रिसा एकआपसमा ठोक्किएर सवारी दुर्घटना भएको छ।

प्रहरीका अनुसार भदौ २६ गते साँझ १७:३० बजे भएको उक्त दुर्घटनामा कलैया उपमहानगरपालिका-१७ बस्ने २७ वर्षीय मोटरसाइकल चालक अमित पटेल गम्भीर घाइते भएका थिए।

घाइते पटेलको सुरुमा राज लक्ष्मि अस्पताल कलैयामा प्रारम्भिक उपचार गरिएको थियो। तर, लिभरमा जटिल समस्या देखिएपछि थप उपचारका लागि उनलाई मेडिसिटी अस्पताल ललितपुर लगिएको र लिभरको अप्रेशन गरी उपचार भइरहेको अवस्थामा भदौ २८ गते राति २२:२० बजे चिकित्सकले उनलाई मृत घोषणा गरेको प्रहरीले जनाएको छ ।

प्रतिक्रिया लेख्नुहोस्
Advertisement spot_img
Advertisementspot_img
Advertisementspot_img
Advertisementspot_img
Advertisement
Advertisement

ट्रेन्डिङ

Advertisementspot_img
Advertisementspot_img

सम्बन्धित खबर

ताजाखबर