33.4 C
Kalaiya

Sunday, March 23, 2025
33.4 C
Kalaiya
Sunday, March 23, 2025

spot_img

बारामा ६ महिनामा ५० वटा मानव अधिकार उल्लंघनका घटना

spot_img
spot_img

बारा , १७ असार । बारामा ६ महिनामा ५० वटा मानव अधिकार उल्लंघनका घटना भएको छ । बाराको कलैया स्थित एभरेष्ट लजको सभागृहमा अनौपचारिक क्षेत्र सेवा केन्द्र ( ईन्सेक ) बाराको आयोजनामा भ​एको सो कार्यक्रममा तथ्याङ्क सार्वजनिक गरिएको हो ।

नेपाल मानव अधिकार वर्ष पुस्तक २०२५ का लागि संकलित घटनाहरुको अर्धवार्षिक समिक्षा कार्यक्रममा ईन्सेक बारा प्रतिनिधि भोलानाथ पौडेलले यस्तो तथ्यांक प्रस्तुत गरेका हुन । मानव अधिकार उल्लंघन घटनामा घरेलु हिंसा १९ बलात्कार प्रयासको घटना दुई वटा रहेको जनाइएको छ ।

यस्तै बलात्कारको घटना सात वटा तथा आत्महत्या दुरुत्साहनको घटना एउटा भएको सो तथ्यांकमा प्रस्तुत गरिएको छ । ज्यान मार्ने प्रयास एउटा, विद्युतीय कारोबार सम्बन्धी कसुर चार वटा भएको जनाइएको छ । बाल यौन दुव्र्यवहार तीन, बहु विवाह ६ वटाको घटना भएको तथ्यांकमा बताइएको छ । हत्या तीन, परीक्षा सम्बन्धी कसुर तीन गर्भपतनको घटना एउटा रहेको तथ्याङ्क रहेको छ ।

बाराका सहायक प्रमुख जिल्ला अधिकारी छविरमण भट्टराईले मानव अधिकार उल्लंघनका घटना गम्भीर चिन्ताको विषय रहेको बताए । त्यस्तै जिल्ला अदालत बाराका प्रवक्ता कृष्णप्रसाद दाहालले तथ्यांकलाई सुधार गर्नुपर्ने बताए ।

बाराका प्रहरी नायब उपरीक्षक दधिराम न्यौपानेले घटनाहरुको सन्दर्भमा विवेचना गर्न आवश्यक रहेको र यसलाई गम्भीर रुपमा लिनुपर्ने बताए । नागरिक समाजका महासचिव हिरालाल साहले दाइजो लगायतको घटनाहरुलाई समेत समेटनुपर्ने बताए । महिला सञ्जाल बाराकी अध्यक्ष बबिता जयसवालले महिला सम्बन्धी हिंसाका घटनाहरु समेटनुपर्ने जनाइन । दलित महिला संघ बाराकी अध्यक्ष किसमति देवी रामले दलितहरुमाथि भइरहेको विभेदका घटनाहरुलाई समेत मानव अधिकार वर्ष पुस्तकमा समेटनु पर्ने सुझाव दिइन ।

प्रतिक्रिया लेख्नुहोस्
spot_img

सिफारिस

spot_img

सम्बन्धित खबर

ताजाखबर