26.7 C
Kalaiya

Friday, March 21, 2025
26.7 C
Kalaiya
Friday, March 21, 2025

spot_img

क्याम्पस प्रमुख हत्यामा प्रयोग भ​एको पेस्तोल बारीमा गाडेको अवस्थमा फेला, थप एक जना पक्राउ

spot_img
spot_img

बारा,१८ असार । बाराको कलैयामा रहेको रामराजा मोहन विक्रम शाह बहुमुखी क्याम्पसका क्याम्पस प्रमुख स्व.हरिभुषण कुशवाहाको हत्यामा संलग्न थप एक जना पक्राउ परेका छ्न ।

पक्राउ पर्नेमा बारागढी गाउँपालिका वडा नं ५ पथरा बस्ने ४२ वर्षिय हरिन्दर महरा चमार रहेको जिल्ला प्रहरी कार्यालय बाराका प्रब्क्ता प्रहरी नायब उपरिक्षक दधिराम न्यौपानेले जानकारी दिएका छ्न । प्रहरी प्रब्क्ता न्यौपानेका अनुसार हत्यामा प्रयोग भ​एको पेस्तोल चमारले आफ्नो बारीमा गाडेको अवस्थामा फेला परेको हो ।

उनको साथबाट प्रहरीले एउटा कटुवा पेस्तोल, अमेरिकामा बनेको अटोमेटिक पेस्तोल, उक्त पेस्तोलमा एक राउण्ड गोली र उक्त पेस्तोलमा लाग्ने म्यागजीन एउटा बरामद गरेको छ। क्याम्पस प्रमुख कुशवाहाको हत्या गत जेष्ठ ३२ गते हत्या भ​एको थियो ।

आदर्शकोतवाल गाँउपालिका वडा नं २ खजुरियाबाट कलैया तर्फ आउदै गर्दा वडा नं ३ बतरामा कुशवाहालाई अज्ञात समूहले गोली प्रहार गरेको थियो। उक्त घटनामा संलग्न रहेको आरोपमा ७ जनालाई पक्राउ गरी यसअघि नै प्रहरीले सार्वजनिक गरेको थियो।

प्रतिक्रिया लेख्नुहोस्
spot_img

सिफारिस

spot_img

सम्बन्धित खबर

ताजाखबर