38.6 C
Kalaiya

Tuesday, June 24, 2025
38.6 C
Kalaiya
Tuesday, June 24, 2025

spot_img

मुकुल ढकाललाई साधारण सदस्य नरहने गरी कारबाही गर्न अनुशासन आयोगको सिफारिस

spot_img
spot_img
spot_img
Advertisement

काठमाडौँ,२५ असार । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को अनुशासन आयोगले निलम्बित महामन्त्री डा. मुकुल ढकाललाई साधारण सदस्य समेत नरहने गरी कारबाही गर्न सिफारिस गरेको छ ।

Advertisement
Advertisement

अनुशासन समितिले उनलाई साधारण सदस्य समेत नरहने गरी सिफारिस गरेपछि यसबारे निर्णय गर्न केन्द्रीय समिति बैठक अहिले बसिरहेको छ ।

Advertisement

रास्वपाको केन्द्रीय समिति बैठकमा आयोगको सिफारिसमाथि छलफल गरिरहेको छ ।

असार २० गते बुधबार बसेको केन्द्रीय समितिले ढकाललाई सात दिनका लागि महामन्त्री र प्रवक्तबाट निलम्बन गर्ने निर्णय गरेको थियो । जसअनुसार थप कारबाहीको सिफारिस गर्न अनुशासन आयोगलाई पार्टीले निर्देशन दिएको थियो ।

आफुलाई निलम्बन गरेपछि ढकालले भने आफुलाई स्पष्टीकरणको समेत अवसर नदिएर कारवाही गरेको गुनासो गरेका थिए ।

प्रतिक्रिया लेख्नुहोस्
spot_img

सिफारिस

spot_img

सम्बन्धित खबर

ताजाखबर