Thursday, September 10, 2026

गरिमा चौधरी प्रकरण: दुई जनालाई सुधार गृह पठाउन र २ लाख रुपैयाँ राहत उपलब्ध गराउन आदेश

Advertisement
Advertisement Advertisement

बारा, २४ भदौ। बाराको जितपुरसिमरा वडा नं १ की ३ वर्षीया गरिमा चौधरीको बलात्कारफछि हत्या भएको घटनामा बलात्कार, अपहरण तथा शरीर बन्धकको अभियोगमा पक्राउ परेका दुई नाबालकलाई बारा जिल्ला अदालतले पुर्पक्षका लागि बाल सुधार गृह, वीरगन्ज पठाउने आदेश दिएको छ।

उनीहरूमाथि बालिकालाई शरीर बन्धक तथा अपहरण गरी बलात्कार गरेको र त्यसपछि हत्या गरेको अभियोगमा मुद्दा दायर भएको थियो। उक्त अभियोगमाथि बुधबार बारा जिल्ला अदालतका मुख्य न्यायाधीश प्रकाशकुमार अधिकारीको इजलासमा थुनछेक बहस भएको थियो।

थुनछेक बहसपछि अदालतले दुवै नाबालकलाई मुद्दाको पुर्पक्षका लागि बाल सुधार गृह पठाउने आदेश दिएको हो। साथै, अदालतले पीडित बालिकाका आमाबुवालाई तत्काल सरकारी कोषबाट २ लाख रुपैयाँ राहत उपलब्ध गराउन आदेशसमेत दिएको छ।

बहसका क्रममा पीडित पक्षबाट अधिवक्ता चन्द्रिका पटेल र सरकारका तर्फबाट शम्भु बस्नेतले बहस गरेका थिए। बहसपछि अधिवक्ता पटेलले घटनाको अनुसन्धान प्रहरीले राम्रोसँग गरेको बताएका छन्।

अधिवक्ता पटेलका अनुसार घटनामा पक्राउ परेका ९ जनामध्ये दुई जना नाबालक रहेका छन्। उनीहरूको थुनछेक बहस बुधबार सम्पन्न भएको हो। बाँकी ७ जना आरोपितको थुनछेक बहस एक–दुई दिनभित्र हुने उनले जानकारी दिए।

घटनामा आरोपितमध्ये एक जना भने अझै फरार रहेको बताइएको छ। फरार व्यक्तिको खोजी तथा घटनासम्बन्धी थप अनुसन्धान भइरहेको जनाइएको छ।

प्रतिक्रिया लेख्नुहोस्
Advertisement spot_img
Advertisementspot_img
Advertisementspot_img
Advertisementspot_img
Advertisement
Advertisement

ट्रेन्डिङ

Advertisementspot_img
Advertisementspot_img

सम्बन्धित खबर

ताजाखबर