Thursday, August 13, 2026

बाराबाट आर्थिक वर्ष २०८०/०८१ मा ५० हजार आठ सय १८ जनाले लिए राष्ट्रिय परिचयपत्र

कलैया,०५ भदौ । बाराबाट ५० हजार आठ सय १८ जनाले वितेको आर्थिक वर्षमा राष्ट्रिय परिचयपत्र हासिल गरेका छन् ।

जसमा जिल्ला प्रशासन कार्यालय बारामा रहेको राष्ट्रिय परिचयपत्र शाखाबाट १५ हजार आठ सय १६,यस्तै सिमराबाट १० हजार ६८, सिम्रौनगढबाट तीन हजार चार सय १९,कोलहवीबाट पाँच हजार पाँच सय छ तथा पालिकाहरुबाट १६ हजार नौ जना रहेका छन् ।

त्यस्तै जिल्ला प्रशासन कार्यालय तथा ईलाका प्रशासन कार्यालयहरुले आर्थिक वर्ष २०८०/२०८१ मा ४७ हजार २ सय ८५ जनालाई नयाँ तथा प्रतिलिपि नागरिकता वितरण गरेको छ ।

जिल्ला प्रशासन कार्यालय बाराद्वारा जारी प्रगति विवरणमा यस अवधिमा जिल्ला प्रशासन कार्यालय बाराबाट १९ जनाले अंगिकृत नागरिकता प्राप्त गरेका छन् । सात जनाले जन्मसिद्ध नागरिकता हासिल गरेका हुन् ।

वैवाहिक अंगिकृत नागरिकता हासिल गर्नेमा जिल्ला प्रशासन कार्यालय बाराबाट एक हजार दुई सय ५४ तथा ईलाका प्रशासन कार्यालय सिम्रौनगढबाट एक सय ५८ जना गरी कूल एक हजार चार सय १२ जना रहेका छन् ।

जिल्ला प्रशासन कार्यालय बाराबाट १० हजार दुई सय चार जना महिला तथा १० हजार आठ सय ३० जना पुरुष गरी कूल २१ हजार ३४ जनाले नयाँ नेपाली नागरिकता प्राप्त गरेका छन्।

यस्तै ईलाका प्रशासन कार्यालय सिमराले चार हजार तीन सय २१,ईलाका प्रशासन कार्यालय सिम्रौनगढले एक हजार छ सय चार जना, तथा ईलाका प्रशासन कार्यालय कोल्हवीबाट एक हजार नौ जनाले नयाँ नेपाली नागरिकता प्राप्त गरेका हुन् ।

जिल्ला प्रशासन कार्यालय बाराबाट वितेको आर्थिक वर्षमा १२ हजार पाँच सय १५, सिमराबाट चार हजार आठ सय ६२, सिम्रौनगढ बाट एक हजार १८ तथा कोल्हवीबाट नौ सय २८ जना गरी कूल १९ हजार तीन सय १७ जनाले प्रतिलिपी नागरिकता प्राप्त गरेका छन् ।

जिल्ला प्रशासन कार्यालय बाराबाट यस अवधिमा १० वटा पत्रपत्रिका दर्ता भएको छ । यस्तै ६६ वटा नयाँ संस्था दर्ता गरिएको छ ।

ईलाका प्रशासन कार्यालय सिमराबाट २१ वटा संस्था दर्ता भएको प्रगति विवरणमा उल्लेख छ ।

यस्तै जिल्ला प्रशासन कार्यालय बाराले तीन सय ६५ संस्था तथा ईलाका प्रशासन कार्यालय सिमराले ६१ वटा संस्था नविकरण गरेको छ ।

जिल्ला प्रशासन कार्यालय बाराले नौ हजार पाँच सय ४२,ईलाका प्रशासन कार्यालय सिमराले पाँच सय १५ तथा ईलाका प्रशासन कार्यालय कोल्हवीले तीन सय चार जनाको समावेशिता प्रमाणित गरेको छ ।

जिल्ला प्रशासन कार्यालय बाराले एक सय चार जनाको चाल चलन प्रमाणित गरेको छ । यस अवधिमा ८३ वटा हतियार नविकरण गरिएको छ भने दुई वटा हतियारको नामसारी गरिएको छ ।

जिल्ला प्रशासन कार्यालय बाराले दुई सय ७९ जना, ईलाका प्रशासन सिमराले एक सय २२ तथा ईलाका प्रशासन कार्यालय कोल्हवीले ३२ जनालाई नाबालक परिचयपत्र दिएको छ ।

आठ सय एक जनाको दुवै नाम थर प्रमाणित गरिएको छ । तेजाब वा अन्य घातक रासायनिक पदार्थको अनुमति १२ जनालाई दिइएको प्रगति विवरणमा उल्लेख छ ।

जिल्ला प्रशासनको राहदानी शाखाबाट १० हजार नौ सय ७१ जनालाई राहदानी दिए वापत पाँच करोड ७३ लाख ४० हजार राजश्व संकलन गरेको छ ।

सामान्य १० हजार तीन सय ७८,नाबालक ६४ तथा राहदानी हराएका पाँच सय २९ जनालाई सेवा दिए वापत यति धेरै राजश्व संकलन गर्न कार्यालय सफल भएको हो ।

प्रतिक्रिया लेख्नुहोस्

Advertisement

Advertisementspot_img
Advertisementspot_img
Advertisement
Advertisement

ट्रेन्डिङ

Advertisementspot_img
Advertisementspot_img

सम्बन्धित खबर

ताजाखबर