33.1 C
Kalaiya

Tuesday, September 9, 2025
spot_img
33.1 C
Kalaiya
Tuesday, September 9, 2025

बारामा ३१ लाख ५१ हजार मुल्य बराबरको समानसहित ट्रक प्रहरीको नियन्त्रणमा

spot_img
spot_img

बारा,२८ भदौ । बारा प्रहरीले ३१ लाख ५१ हजार मुल्य बराबरको समान सहित ट्रक नियन्त्रणमा लिएको छ ।

Advertisement

जिल्ला प्रहरी कार्यालय बारा तथा मातहत समेतबाट खटिएको प्रहरी टोलीले जिल्लाको विभिन्न स्थानबाट भन्सार छलीका र बिल बिजक भन्दा बढि समानको स्रोत खुलाउन नसकेको अन्दाजी मुल्य रू.३१ लाख ५१ हजार ४ सय ६९ रूपैया बराबरको विभिन्न समानहरूसहित ट्रक नियन्त्रणमा लिइएको हो ।

Advertisement

जिल्ला प्रहरी कार्यालय बाराबाट खटिएको प्रहरी टोलीले जिल्लाको कलैया उपमहानगरपालिका वडा नम्बर १ कलैया चोक स्थितमा भन्सार छली गरी ल्याउदै गरेको १८ पोका रेडिमेट कपडा, सेण्डो गन्जी ४० पिस,हाप कट्टु १८ पिस, सुतिको गम्छा २६ पिस गरी अन्दाजी मुल्य रू. १८ हजार रुपैयाँ बराबरको बरामद गरेको छ ।

Advertisement

त्यस्तै ईलाका प्रहरी कार्यालय जीतपुरबाट खटिएको प्रहरी टोलीले जीतपुर सिमरा उपमहानगरपालिका वडा नम्बर ७ जीतपुर चोक स्थितमा वीरगंजबाट पथलैयातर्फ जादै गरेको ना. १ ज ३२४२ नम्बरको म्याजिक गाडीलाई रोकी चेकजाचँ गर्ने क्रममा २ चिनीको बोरा अन्दाजी मुल्य रू.९ हजार रुपैयाँ बराबरको बरामद गरेको हो ।

प्रहरीले बिरगंजबाट काठमाण्डौ तर्फ जादै गरेको ना.७ ज ५९२७ नम्बरको डिब्बे ट्रकलाई रोकी चेकजाचँ गर्ने क्रममा विलविजक भन्दा बढी र सामान श्रोत खुलाउन नसकेको खुद्रा सामान बरामद गरेको प्रहरीले जनाएको छ ।

सो ट्रकमा अन्दाजी मुल्य रू. २७ लाख ५० हजार ५ सय ८९ रुपैयाँ बराबरको समान रहेको छ ।

त्यसैगरी ईलाका प्रहरी कार्यालय प्रसौनीबाट खटिएको प्रहरी टोलीले जिल्लाको बिश्रामपुर गाउँपालिका – २ घोडासहन स्थितमा भन्सार छली गरी ल्याउदै गरेको अन्दाजी मुल्य रू.२० हजार रुपैयाँ बराबरको किसमिस बरामद गरेको छ ।

प्रहरी चौकी पथलैयाबाट खटिएको प्रहरी टोलीले जीतपुर सिमरा उपमहानगरपालिका वडा नम्बर १ पथलैया चोक स्थितमा बिराटनगरबाट काठमाण्डौँ तर्फ जादै गरेको प्र. १-०२-००२- ख ०१६२ नम्बरको बसलाई रोकी चेक जाँच गर्ने क्रममा कपडा बरामद गरेको हो ।

सो बसमा अन्दाजी मुल्य रू.३ लाख १६ हजार ८ सय रुपैयाँ बराबरको ३ सय ९६ पिस कपडा बरामद गरेको हो ।

प्रहरीले जीतपुर सिमरा उपमहानगरपालिका वडा नम्बर १ पथलैया चोक स्थितमा रौतहटबाट काठमाण्डौँ तर्फ जादै गरेको प्र.०३-००१ ख २४९७ नम्बरको बसलाई रोकी चेकजाचँ गर्ने क्रममा अवैध सामान बरामद गरेको छ ।

सो बसको डिक्की भित्र लुकाई छिपाई लगी रहेको चिनी ५० किलो,प्याज ४ सय किलो,सुर्ती ४० किलो गरी अन्दाजी मुल्य रू.२७ हजार रुपैयाँ बराबरको रहेको प्रहरीले जनाएको छ ।

प्रहरी चौकी कचोर्वाबाट खटिएको प्रहरी टोलीले सिम्रौनगढ नगरपालिका वडा नम्बर ९ बसवरीया स्थितमा भन्सार छली गरी ल्याउदै गरेको अन्दाजी मुल्य रू.१० हजार ८० रुपैयाँ बराबरको ६ कार्टुन मजा जुस बरामद गरेको हो ।

उक्त सामानसहित ट्रकलाई नियन्त्रणमा लिई आवश्यक कारवाहीको लागी आन्तरिक राजश्व कार्यालय पथलैया बारामा बुझाईएको प्रवक्ता एवम् प्रहरी नायब उपरीक्षक प्रकाश सापकोटाले जानकारी दिएका हुन् ।

प्रतिक्रिया लेख्नुहोस्
spot_img
Advertisementspot_img
Advertisementspot_img

ट्रेन्डिङ

Advertisementspot_img
Advertisementspot_img

सम्बन्धित खबर

ताजाखबर