Sunday, September 13, 2026

गर्मीलाई मध्यनजर गर्दै कलैयामा विहानी सत्रमा कक्षा सञ्चालन गर्न अनुरोध

Advertisement
Advertisement Advertisement

कलैया,०७ असोज । बढ्दो गर्मीलाई दृष्टिगत गर्दै बाराको कलैया उपमहानगरपालिकाले विहानी कक्षा सञ्चालन गर्न भनेको छ।

उसले असोज ७ गते सोमबार देखि सम्पूर्ण सामुदायिक तथा संस्थागत विद्यालयमा विहानी सत्रमा कक्षा सञ्चालन गर्न अनुरोध गरेको हो।

गर्मी कम नभएपछि यस्तो अनुरोध कलैया उपमहानगरपालिकाले गरेको हो ।

केहि दिन देखि तराईका जिल्लाहरुमा बढ्दै गएको गर्मीको कारणले दिउँसोको समयमा कक्षा संचालन गर्दा विद्यार्थीहरुको स्वास्थ्यमा प्रतिकूल र पठनपाठनमा असहज भएको उपमहानगरपालिकाले जनाएको छ।

कलैया उपमहानगरपालिका अन्तर्गतका सम्पूर्ण विद्यालयहरु मिति २०८१/०६/०७ गते देखी २०८१ आश्विन १६ गते सम्म विहानी सत्रमा विद्यालय संचालन गर्नु गराउनु हुन आदेशानुसार अनुरोध छ, विज्ञप्तिमा लेखिएको छ।

पुनश्चः दुई सत्रमा पठनपाठन संचालन गर्नुपर्ने विद्यालयहरुले विद्यालयको अनुकूलता हुने गरी संचालन समेत सो विज्ञप्तिमा अनुरोध गरिएको छ।

कलैया उपमहानगरपालिका शिक्षा शाखाका प्रमुख एवम् उपसचिव प्रहलाद प्रसाद वर्णवालले आइतबार एक प्रेस विज्ञप्ति जारी गर्दै यस बारे जानकारी दिएका हुन् ।

प्रतिक्रिया लेख्नुहोस्
Advertisement spot_img
Advertisementspot_img
Advertisementspot_img
Advertisementspot_img
Advertisement
Advertisement

ट्रेन्डिङ

Advertisementspot_img
Advertisementspot_img

सम्बन्धित खबर

ताजाखबर