Wednesday, July 1, 2026

मधेशका मुख्यमन्त्री सिंहले सार्वजनिक गरे सय दिनको काम

जनकपुरधाम,९ असोज । मधेश प्रदेश सरकारले सय दिनको अवधिमा भएका कार्यको सार्वजनिक गरेको छ ।

मुख्यमन्त्री तथा मन्त्रिपरिषदको कार्यालयले बुधबार जनकपुरधाममा आयोजना गरेको  मधेश प्रदेश सरकारले सय दिनको अवधिमा भएका कार्यको सार्वजनिकिकरण कार्यक्रममार्फत मुख्यमन्त्री सतिशकुमार सिंहले प्रदेश सरकारको सय दिनको कार्यहरु सार्वजनिक गरेका हुन् । उनले सय दिनको अवधिमा प्रदेश सरकारले उल्लेख्य कार्य गरेको बताए ।

मुख्यमन्त्री सिंहले सय दिनमा लोकसेवा आयोग मधेशलाई पूर्णता दिएको, प्रदेश सभाको नियमित बैठक सञ्चालन, एमबिबी एस कार्यक्रम सञ्चालन, आठ वटै प्रदेशमा शैक्षिक पार्क निर्माण, महिला कृषि स्वयम् सेविका परिचालन, निर्वाचन क्षेत्र लक्षित कृषि विद्युतीकरण, विदेशबाट फर्केका महिलालाई मुख्यमन्त्री महिला स्वरोजगार कार्यक्रमलगायतको कार्य योजना सय दिनमा तयार पारेको जानकारी दिएका छन् ।

साथै उनले रामजानकी अन्तर्राष्ट्रिय रंगशाला निर्माणका लागि अवधारणा तयार पारेको जानकारी दिए । उनले भने- ‘छोटो अवधिमा बनाएका योजना र गरेका काम सार्बजनिक भएका छन, आगामी कार्य योजनाका लागि सुझाव सङ्कलन गरी अझै प्रभवकारी योजना प्रदेश सरकारले बनाउने छ ।’

सय दिने कार्यविवरण प्रस्तुत गर्दै मुख्यमन्त्री सिंहले प्रदेशमा सुशासन कायम गराउनको लागि आफूहरुले महत्वपूर्ण काम गरेको उल्लेख गरे। कर्मचारी सरुवाको समस्यालाई व्यवस्थित गरेको पनि बताए। कार्यक्रममा प्रदेशका मन्त्री तथा प्रदेश सचिवहरुको उपस्थिति रहेको थियो ।

प्रतिक्रिया लेख्नुहोस्

Advertisement

Advertisementspot_img
Advertisement
Advertisement

ट्रेन्डिङ

Advertisementspot_img
Advertisementspot_img

सम्बन्धित खबर

ताजाखबर