22.7 C
Kalaiya

Tuesday, March 18, 2025
22.7 C
Kalaiya
Tuesday, March 18, 2025

spot_img

घुस लिदै गर्दा बाराको सिम्रौनगढ नगरपालिकाका निमित्त हाकिम अख्तियारको फन्दामा

spot_img
spot_img

बारा, ८ कात्तिक । बाराको सिम्रौनगढ नगरपालिकाका निमित्त प्रमुख प्रशासकीय अधिकृत घुस रकमसहित रङ्गेहात पक्राउ परेका छन् ।

अख्तियार दुरुपयोग अनुसन्धान हेटौंडाको टोलिले नगरपालिकाका निमित्त प्रमुख प्रशासकीय अधिकृत बिरेन्द्र प्रसाद साहलाई आज नगद ७८ हजार रुपैयाँ घुस रकम सहित नियन्त्रणमा लिएको हो ।

अख्तियारको टोलिले जिल्लाको कलैया उपमहानगरपालिका वार्ड नम्बर -४ स्थित गुप्ता पेट्रोल पम्प नजिकै रहेको उनको क्वाटरबाट सेवाग्राही संग काम गरेबापत ७८ हजार रुपैयाँ घुस लिइरहेको अवस्थामा नियन्त्रणमा लिएको अख्तियारका सूचना अधिकारी गोबिन्द प्रसाद गौतमले जानकारी दिए ।

साहले एक जना संग बिल भुक्तानी गरेबापत उक्त घुस रकम लिएको अख्तियारले जनाएको छ । साहलाई नियन्त्रणमा लिई थप अनुसन्धान कार्य अगाडि बढाएको सूचना अधिकारी गौतमले जानकारी दिए ।

प्रतिक्रिया लेख्नुहोस्
spot_img

सिफारिस

spot_img

सम्बन्धित खबर

ताजाखबर