Sunday, September 13, 2026

गढीमाई मेलामा ड्रोन उडाउन प्रशासनको अनुमति लिनु पर्ने

Advertisement
Advertisement Advertisement

बारा,७ मङ्सिर । विश्व प्रसिद्ध बाराको गढिमाई मेलामा प्रशासनको अनुमति लिएर मात्र ड्रोन उडाउन जिल्ला प्रशासन कार्यालय बाराले आग्रह गरेको छ । प्रमुख जिल्ला अधिकारी बसन्त अधिकारीले एक सूचना जारी गर्दै मेलामा ड्रोन उडाउन प्रशासनको पुर्व स्वीकृति लिन बताएका छन ।

ड्रोन जनित मानवरहित हवाई उपकरण उडान सम्बन्धी कार्यविधि, २०७५ बमोजिम कुनै व्यक्ति वा संस्थाले ड्रोन क्यामेरा उडान गर्ने भएमा जिल्ला प्रशासन कार्यालयबाट अनुमति लिई ड्रोन क्यामेरा उडान गर्ने सक्ने प्रावधान रहेको प्रमुख जिल्ला अधिकारी द्वारा जारी सूचनामा उल्लेख छ । अनुमति बेगर ड्रोन उडान गरेको देखिएमा वा पाईएमा उक्त ड्रोन क्यामेरा जफत गरी उडानमा संलग्न व्यक्तिलाई प्रचलित कानुन बमोजिम कारवाही हुने प्रमुख जिल्ला अधिकारीले बताएका छन् ।

“बारा जिल्ला महागढीमाई नगरपालिका वडा नं. १ बरियारपुरमा अवस्थित श्री गढीमाई मन्दिरमा मिति २०८१ मंसिर १ गते देखी ऐ. मसान्त सम्म लाग्ने पञ्चवर्षिय गढीमाई मेला, २०८१ लाई लक्षित गरी कुनै पनि व्यक्ति, संघ संस्थाले यस कार्यालयको अनुमति बेगर ड्रोन क्यामेरा उडान गर्न पाइने छैन । यदि यस सूचनाको अवज्ञा गरी कोही कसैले ड्रोन क्यामेरा उडान ‘गरेको देखिएमा वा पाईएमा उक्त ड्रोन क्यामेरा जफत गरी सम्बन्धित ड्रोन क्यामेराका धनी र उडानमा संलग्न व्यक्तिलाई प्रचलित कानुन बमोजिम कारवाही हुने छ ” सूचनामा उल्लेख छ ।

 

प्रतिक्रिया लेख्नुहोस्
Advertisement spot_img
Advertisementspot_img
Advertisementspot_img
Advertisementspot_img
Advertisement
Advertisement

ट्रेन्डिङ

Advertisementspot_img
Advertisementspot_img

सम्बन्धित खबर

ताजाखबर