Sunday, September 27, 2026

विश्व प्रसिद्ध गढीमाई पञ्चवर्षीय मेलामा दर्शनार्थीको भिड बढ्दै

Advertisement
Advertisement

कलैया,२२ मंसिर । विश्व प्रसिद्ध गढीमाई पञ्चवर्षीय मेलामा दर्शनार्थीहरुको भिड बढदै गएको छ ।

बाराको महागढीमाई नगरपालिका वडा नम्बर १ बरीयारपुरस्थित विश्व प्रसिद्ध गढीमाई मन्दिरमा संचालित मेलामा दर्शनार्थीहरुको भिड बढदै गएको हो ।

मंसिर १ गतेदेखि सुरु भएको मेलामा करिब २५ लाख भन्दा बढी दर्शनार्थीहरुको दर्शन गरेर गईसकेको गढीमाई पञ्चवर्षीय मेला संचालन तथा व्यवस्थापन समितिका प्रवक्ता बिकाश कुमार सिंहले  बताएका छन् ।

उनका अनुसार भारतबाट भाकल चढाउन आउने भक्तजनहरु नेपाल प्रवेश गर्ने बेला मटिअर्वा नाकामा रहेका एसएसबीका जवानहरूले बलिका लागि महागढीमाई मन्दिरतर्फ ल्याइएका खसी, बोका, राँगा, अन्य पशुपक्षी तथा सवारीसाधनलाई भारतीय भूभागमै रोकी नियन्त्रणमा लिएपछि आफू उक्त समस्यालाई गएर समाधान गरेको प्रवक्ता सिंहले बताए ।

बारामा रहेको पचरौताको पिपरपाती,सिम्रौनगढ,सन्तगन्ज नाका र पर्साको बिरगंज नाकामा समस्या नरहेको उनले बताए ।

मेलामा अहिलेसम्म एक हजार भन्दा बढी राँगाहरु दर्ता भईसको र आउने क्रम जारी रहेको समेत उनले जनाए ।

सो मेलामा राँगा बली मंसिर २३ र बोका बली २४ गते दिईने प्रवक्ता सिंहले जानकारी दिएका छन ।

प्रतिक्रिया लेख्नुहोस्
Advertisement spot_img
Advertisementspot_img
Advertisementspot_img
Advertisementspot_img
Advertisementspot_img
Advertisement
Advertisement

ट्रेन्डिङ

Advertisementspot_img
Advertisementspot_img

सम्बन्धित खबर

ताजाखबर