Friday, September 25, 2026

बारामा करेन्ट लागेर १० वर्षीय बालकको मृत्यु, बचाउन खोज्दा ४ जना घाइते

Advertisement
Advertisement

बारा, ०८ असोज । बाराको कोल्हवी नगरपालिका-३ जुगुवा टोलमा टिभी चलाउने क्रममा करेन्ट लागेर एक बालकको ज्यान गएको छ भने उनलाई बचाउन खोज्दा अन्य चार जना घाइते भएका छन्।

आज शुक्रबार दिउँसो १२ बजेको समयमा सोही स्थान बस्ने श्याम रामका १० वर्षीय छोरा आकाश राम आफ्नै घरमा टिभी चलाउन खोज्दा तार सर्ट भई करेन्ट लागेर गम्भीर घाइते भएका थिए।

प्रहरीका अनुसार घाइते बालकलाई उपचारका लागि दिउँसो १३:०५ बजे प्रादेशिक अस्पताल कलैया पुर्‍याइएकोमा चिकित्सकले इसिजी गर्दा बाटोमै मृत्यु भइसकेको घोषणा गरेका थिए। प्रारम्भिक सोधपुछका क्रममा बालकलाई करेन्ट लागिरहेको अवस्थामा छुट्याउन र बचाउन खोज्दा अन्य चार जना छिमेकी तथा आफन्तसमेत करेन्ट लागेर घाइते भएको खुलेको जिल्ला प्रहरी कार्यालय बाराका प्रवक्ता डीएसपी मीनबहादुर घलेले जानकारी दिएका छन्।

घाइते हुनेहरूमा मृतकका ७० वर्षीया हजुरआमा ऐतबरिया राम (हातमा करेन्ट लागेको, तामागढी अस्पताल कोल्हवीमा उपचाररत, अवस्था मध्यम), मृतककी १२ वर्षीया दिदी निलम राम (हातमा करेन्ट लागेको, सिटी अस्पताल कोल्हवीमा उपचाररत, अवस्था मध्यम), सोही स्थानकी ४० वर्षीया फूल कुमारी राम (हातमा करेन्ट लागेको, तामागढी अस्पतालमा उपचाररत, अवस्था मध्यम) र ४१ वर्षीया अनिता शर्मा (हातमा करेन्ट लागेको, तामागढी अस्पतालमा उपचाररत, अवस्था सामान्य) रहेका छन्।

हाल थप अनुसन्धान तथा कानुनी मुचुल्काको कार्यका लागि ईलाका प्रहरी कार्यालय बारागढीबाट प्रहरी निरीक्षक सबिन कुमार कार्कीको कमाण्डमा थप टोली परिचालन गरिएको छ।

प्रतिक्रिया लेख्नुहोस्
Advertisement spot_img
Advertisementspot_img
Advertisementspot_img
Advertisementspot_img
Advertisementspot_img
Advertisement
Advertisement

ट्रेन्डिङ

Advertisementspot_img
Advertisementspot_img

सम्बन्धित खबर

ताजाखबर