Friday, September 25, 2026

बारामा पाठेघर मुखको क्यान्सर रोग विरुद्धको साढे ४५ हजार छात्राहरुलाई एच.पि.भि खोप लगाईने

Advertisement
Advertisement

कलैया, २० माघ । सरकारले ल्याएको पाठेघर मुखको क्यान्सर रोग विरुद्धको एच.पि.भि खोप अभियान अन्तर्गत बारामा झण्डै ४५ हजार ५सय ३५ जना किशोरी तथा छात्राहरुलाई खोप लगाईने भएको छ।

कक्षा ६ देखि दश सम्मका छात्राहरुलाई यो खोप लगाउन लागिएको हो। विद्यालय बाहिर रहेका १० बर्ष देखि १४ वर्ष सम्मका किशोरीहरुलाई खोप लगाईने जिल्ला जन स्वास्थ्य कार्यालय बाराका प्रमुख रामनरेश यादवका अनुसार जिल्लामा पहिलो चरणमा अगामी माघ २३ गते देखि २५ गते सम्म जिल्लाको आठ पालिकामा खोप सञ्चालन गरिने उनले बताए।

पहिलो चरणमा जितपुर सिमरा उपमहानगरपालिका ,कलैया उपमहानगरपालिका, निजगढ नगरपालिका, कोल्हवी नगरपालिका,परवानीपुर गाउँपालिका , बिश्रामपुर गाउँपालिका, फेटा गाउँपालिका, प्रसौनी गाउँपालिकामा सञ्चालन गरिने बताए। दोस्रो चरणमा अगामी फागुन १ गतेदेखि ४ गते सम्म जिल्लाको आठ पालिकामा खोप अभियान सञ्चालन गरिने बताए ।

उनले सिम्रौनगढ नगरपालिका,पचरौता नगरपालिका, महागढीमाई नगरपालिका, सुवर्ण गाउँपालिका, देवताल गाउँपालिका, आदर्शकोतवाल गाउँपालिका, बारागढी गाउँपालिका, करैयामाई गाउँपालिकामा खोप अभियान सञ्चालन गरिने बताए। मधेश प्रदेशमा ४ लाख ७ हजार २९१ जना छात्राहरुलाई यो खोप लगाईने उनले बताए ।

प्रतिक्रिया लेख्नुहोस्
Advertisement spot_img
Advertisementspot_img
Advertisementspot_img
Advertisementspot_img
Advertisementspot_img
Advertisement
Advertisement

ट्रेन्डिङ

Advertisementspot_img
Advertisementspot_img

सम्बन्धित खबर

ताजाखबर