बारा, ७ फागुन । भारतको ओडिसा स्थित कलिंगा इन्स्टिच्यूट अफ इन्डस्ट्रियल टेक्नोलोजी (केआईआईटी) मा मृत भेटिएकी २० वर्षीय प्रकृति लम्सालको शव आज साझ सम्म नेपाल ल्याउने तयारी भैरहेको छ ।
आफ्नै कलेजको होस्टलको कोठामा आइतबार अपराह्न प्रकृति मृत अवस्थामा फेला परेकी थिइन् । उनको न्यायको लागी बुबा सुनिल लम्साल ओडिसा पुगेका छन् ।
शव नेपाल ल्याउनका लागि भारतस्थित नेपाली दूतावासको सहयोगमा स्थानीय प्रशासन, सुरक्षाकर्मी र कलेजसँग समन्वय भइरहेको उनका आफन्तले जनाएका छन् ।
उनको मृत्यु शंकास्पद रहेको भन्दै नेपाली बिद्यार्थीहरुले न्यायको माग गर्दै प्रदर्शन गरेका थिए । तर, कलेजले न्यायको आवाजमा साथ दिनु पर्नेमा उल्टै त्यहा रहेका नेपाली बिद्यार्थीलाई कुटपिट गर्दै कलेज बाट नै निकालेको थियो ।
देश विदेश बाट त्यस्तो कार्यको चर्को विरोध भए पछि विश्वविद्यालय ले नै माफि मागेको छ र नेपाली बिद्यार्थीलाई कलेज फर्कन अपिल गरेको छ । यता धेरै बिद्यार्थीहरु नेपाल फर्किएका छन । अहिले त्यहाको प्रहरी ले घटनाको अनुसन्धान गरिरहेको जनाएको छ ।