33.4 C
Kalaiya

Sunday, March 23, 2025
33.4 C
Kalaiya
Sunday, March 23, 2025

spot_img

प्रकृति लम्सालको नाममा किट विश्वविद्यालयले नेपाली विद्यार्थीहरूको लागि विशेष छात्रवृत्ति दिने

spot_img
spot_img

बारा, ८ फागुन। भारतको ओडिसास्थित कलिंगा इन्स्टिच्युट अफ इन्डस्ट्रियल टेक्नोलोजी (केआइआइटी) विश्वविद्यालयमा बिटेक तेस्रो वर्षमा अध्ययनरत नेपाली छात्रा स्व.प्रकृति लम्सालको नाममा विशेष छात्रवृत्ति दिने बताएको छ । प्रकृति आइतबार साँझ आफ्नै कोठामा झुन्डिएको अवस्थामा मृत फेला परेकी थिइन्।

विश्वविद्यालयले नेपाली विद्यार्थीहरूको लागि विशेष छात्रवृत्ति दिने सामाजिक सञ्जालमार्फत जनाएको छ । प्राध्यापक अच्युत सामन्तले प्रकृतिका बुबा र काकासँग भेट समेत गरेका थिए । सो भेटपछि उनका बुबाको इच्छा अनुसार प्रकृतिको नाममा नेपाली विद्यार्थीहरूको लागि विशेष छात्रवृत्ति प्रदान गरिने विश्वविद्यालयले सामाजिक सञ्जालमार्फत जनाएको हो ।

प्रकृतिको मृत्यु पछि न्यायको माग गर्दै प्रदर्शन गर्ने नेपाली विद्यार्थीलाई बलजफ्ती छात्रावासबाट निकालिएको थियो । सो घटनाको नेपालका साथै भारतमा समेत चर्को विरोध भएको थियो ।

प्राध्यापक सामन्तले नेपाली दूतावासका काउन्सिलरहरूसँग पनि भेट गरेको र नेपालका गृहमन्त्री र परराष्ट्रमन्त्रीसँग पनि फोनमा कुराकानी गरेर घटनाबारे जानकारी गराएको सामाजिक सञ्जालमार्फत विश्वविद्यालयले जनाएको हो ।

प्रतिक्रिया लेख्नुहोस्
spot_img

सिफारिस

spot_img

सम्बन्धित खबर

ताजाखबर