Saturday, June 20, 2026

बिल भिजक भन्दा बढीको अवैध सामानसहित ट्रक बारा प्रहरीको नियन्त्रणमा

कलैया,१९ फागुन  । बारा प्रहरीले बिल भिजक भन्दा बढीको अवैध सामानसहित ट्रकलाई नियन्त्रणमा लिएको छ ।

प्रहरी चौकी पथलैयाबाट खटीएको प्रहरी टोलीले सोमबार जिल्लाको जीतपुर सिमरा उप-महानगरपालिका वडा नम्बर १ पथलैया चोक स्थितमा वीरगंजबाट काठमाण्डौँ तर्फ जादै गरेको ना ६ ख ४४४७ नम्बरको ट्रकलाई रोकी चेकजाँच गर्ने क्रममा उक्त अवैध सामानसहित ट्रक नियन्त्रणमा लिइएको हो ।

उक्त ट्रकमा लोड रहेको बिभिन्न खुद्रा समानहरू अन्दाजी मुल्य रू.५३ लाख ४० हजार ९० रूपैया बराबरको सामान बरामद गरिएको जिल्ला प्रहरी कार्यालय बाराका प्रवक्ता एवम् प्रहरी नायब उपरीक्षक विजय राज पण्डितले बताएका छन् ।

उक्त अवैध सामानसहित ट्रकलाई नियन्त्रणमा लिई आवश्यक कारवाहीको लागी राजश्व अनुसन्धान कार्यालय पथलैया बारामा बुझाईएको प्रवक्ता पण्डितले बताए ।

प्रतिक्रिया लेख्नुहोस्

Advertisement

Advertisementspot_img
Advertisement
Advertisement

ट्रेन्डिङ

Advertisementspot_img
Advertisementspot_img

सम्बन्धित खबर

ताजाखबर