कलैया,२४ फागुन । आर्थिक अवस्था कमजोर भएकी एक महिला आफ्नो श्रीमानको उपचारका लागि सहयोग गरि दिनु हुन आग्रह गरेकी छिन् ।
बाराको प्रसौनी गाउँपालिका वडा नम्बर – ३ नौतनमा बस्ने ३२ वर्षीय नोस्तहिम मियाको उपचारमा समस्या भोग्दै आएकी शाहबुन खातुनले श्रीमानको उपचार गराउन समाजसँग सहयोगको अपिल गरेकि हुन् ।
श्रीमानलाई पथरीको कारण पेट दुख्ने समस्या थियो । भारतको खैरवामा शल्यक्रिया गरी पत्थरी निकालिएको थियो । शल्यक्रिया गराई घर आएपछि निको नभएको शाहबुन खातुनले बताइन् ।
शल्यक्रिया र मिर्गौलामा समस्या आएपछि बिरगंजको नारायणी अस्पताल र तराई अस्पतालमा समेत उपचार गराउदा निको नभएपछि थप उपचारका लागी चितवनको भरतपुर लगिएको उनले बताइन् ।
भरतपुर क्यान्सर अस्पतालमा गाउँलेसँग आर्थिक सहयोग मागेर चेकअप गराएपछि चिकित्सकले किड्नी र लिबरमा समस्या रहेको बताए ।
आफूसंग भएको सम्पुर्ण रकम खर्च भई सकेको र थप उपचार गराउन पैसा नहुदा घर फिर्ता आएको खातुनले बताइन् ।
अब श्रीमानको उपचार गराउन काठमाडौ लग्नेलाई पैसाको आवश्यकता भएकोले श्रीमानको जीवन रक्षाका सहयोग गर्न सबैमा आग्रह गरेकी छिन् ।
चिकित्सकको अनुसार श्रीमानको उपचार गराउन ६ लाख रुपैयाँ लाग्ने भएको हुँदा आफू संग धेरै रकम नभएकोले सहयोगको अपिल गरेकी बताइन् ।
चिम्नीमा गाडी चलाउने गरेको मिया बिरामी भएपछि उनले खाने औषधि किन्न समस्या रहेको खातुनले बताइन् ।
हाल घरमा कोहि काम गर्ने नहुदा घरमा खानालाई पनि समस्या रहेको उनले बताइन् । गाउँघरका छिमेकीहरु १ वा २ किलो आटा र चामलले अहिले गुजारा चल्दै छ उनले भनिन् ।
सानो सानो दुई वटा छोरा र दुई वटा छोरी गरि ४ वटा बच्चाहरु रहेको खातुनले बताइन् ।
प्रसौनी गाउँपालिका वडा नम्बर ३ का वडा अध्यक्षका प्रत्याशी उम्मेदवार रामप्रसाद साह सानो घरमा बसोबास गर्दै आएको मियाको आर्थिक अवस्था निकै कमजोर भएको बताएका छन् ।
उनलाई शनिबार उपचारका लागि काठमाडौं मेडिकल कलेज सिनामंगल पठाउने व्यवस्था मिलाइएको नेपाली काँग्रेस बारा क्षेत्र नं ४ का सभापति सुनिलप्रसाद गुप्ताले जानकारी दिएका छन् ।
गुप्ताले आ–आफ्नो ठाउँबाट समाजसेवी, समाजका अगुवा, संघसंस्था र राजनीतिक दलसँग सहकार्य गरी मियाको उपचारका लागि आग्रह गरेका छन् ।