26.3 C
Kalaiya

Friday, October 17, 2025
spot_img
26.3 C
Kalaiya
Friday, October 17, 2025

ठाकुररामको स्ववियु निर्वाचनमा यादवको प्यानल विजयी, कसले कति भोट पाए?

spot_img
spot_img

वीरगन्ज, १४ चैत। वीरगन्जको ठाकुरराम बहुमुखी क्याम्पसकाे स्वतन्त्र विद्यार्थी युनियन (स्ववियु) सभापतिमा नेपाल विद्यार्थी समुह तर्फका उम्मेदवार राजकुमार यादव निर्वाचित भएका छन्।

Advertisement

बिहीबार दिउँसो सम्पन्न मतगणनाकाे अन्तिम नतिजा अनुसार, स्ववियु सभापतिमा यादव १ हजार १ सय १५ भोटले विजयी भएका हुन्। उनका निकटतम प्रतिस्पर्धी नेविसंघका सभापतिका उम्मेदवार विकास मण्डल धानुककले ६५३ भोट पाए। भने समाजवादी विद्यार्थी युनियनका उम्मेदवार हरि किशोर यादवले ५६२, सुधीर पटेल समूहका कमलेश कुमार यादवले ४५० र अनेरास्ववियुका पवन यादवले ३८६ भोट पाएका छन्। सभापति पदमा भने १४ जना प्रतिस्पर्धामा थिए।

Advertisement

सभापतिमा निर्वाचित यादव कांग्रेस वरिष्ठ नेता शेखर काेइराला निकट हुन्। यादवलाई कांग्रेसले नेविसंघको उम्मेदवार नबनाएपछि उनले नेपाल विद्यार्थी समुहबाट प्यानल नै बनाएर उम्मेदवारी दिलाएका थिए। यादवलाई पर्सा जिल्लाका शेखर काेइराला पक्षका नेताहरु श्याम पटेल, सुरेन्द्र चाैधरी, बैकुण्ठ श्रीवास्तव,अजय द्विवेदीका साथै नेविसंघका केन्द्रीय सदस्य मुनराज तिवारी,विकेश पटेल लगायतका नेताहरुले समर्थन गरेका थिए।

Advertisement

यस्तै स्ववियु सचिवमा यादव प्यानलकै मन्दिरा चाैधरी ६७२ भोटले विजयी भएकी छन्। उनका निकटतम प्रतिस्पर्धी समाजवादी विद्यार्थी युनियनका दिपक पटेलले ५९९ र नेविसंघका राेहित सिंहले ५४३ भोट पाए।

यस्तै काेषाध्यक्षमा यादव प्यानलकै अंकित पटेल ८२२ भोटका साथ विजयी भएका छन्। उनका निकटतम प्रतिस्पर्धी नेविसंघका दिपक पटेलले ६९० भोट पाए।

सदस्यमा नेपाल विद्यार्थी समुहबाट आयुश श्रीवास्तव ८५४, आयुष कुमार गुप्ता ८२१, अमित पटेल ८१९, श्यामकुमार महतो ८१५, नेहा पासवान ८०८, अशोक कुमार महतो ७८६, दिपिका भण्डारी ७८० र नेविसंघबाट एकजना माला कुमारी साह ७७३ भोटले विजयी भएका हुन्।

१६ वर्षपछि ठाकुरराम क्याम्पसमा चैत ५ मा भएको निर्वाचनमा कुल १० हजार ७२९ भोटमध्ये ४ हजार २९९ भोट मात्र खसेकाे थियाे।

चैत ५ मा भएको निर्वाचनको मतगणना चैत ६ गतेदेखि सुरु भएकोमा एउटा मतपेटिकाकाे सिल नम्बर फरक परेपछि विवाद भई चैत ७ गतेदेखि मतगणना राेकिएकाेमा बुधबार अपरान्हदेखि फेरि सुचारु भएको थियाे ।

प्रत्यक्ष तर्फको मतगनना विवरणको लागि लिंकमा क्लिक गर्नुहोस्

https://drive.google.com/file/d/1cjuJc1tEwv14yAIxQPIUjTj_b4nOLMsA/view?fbclid=IwY2xjawJSR0ZleHRuA2FlbQIxMQABHUIldW4718xUFxdTLjNtwrLWb0yAJz2BLTRQIoboSZNFjHCI_CRKmcx0oQ_aem_Zf_IR0widkQ-3jUixEGuTQ

प्रतिक्रिया लेख्नुहोस्
Advertisementspot_img

ट्रेन्डिङ

Advertisementspot_img
Advertisementspot_img

सम्बन्धित खबर

ताजाखबर