Sunday, September 13, 2026

राजतन्त्रको वकालत गरिरहेका भारतीय मिडियालाई नेपालमा प्रतिबन्ध लगाउन माग गर्दै बाराका सिडिओ लाई ज्ञापनपत्र

Advertisement
Advertisement Advertisement

कलैया, १९ चैत । नेपाली जनताको भावना र मर्ममाथि कुठाराघात हुने गरी राजा र राजतन्त्रको पक्षमा वकालत गर्दै भ्रमित गर्ने खालका समाचार प्रसारण गर्ने भारतीय मिडियालाई नेपालमा प्रतिबन्ध लगाउन माग गर्दै बाराका प्रमुख जिल्ला अधिकारीलाई ज्ञापन पत्र बुझाइएको छ ।

नेपाली काँग्रेसको मधेस प्रदेश समितिका उपसभापति चन्द्रशेखर कुमार प्रसाद यादवसहितको टोलीले बाराका प्रमुख जिल्ला अधिकारी बसन्त अधिकारीलाई ज्ञापन पत्र बुझाइएको हो। उक्त ज्ञापन पत्रमा, ” देशमा उत्कृष्ट संविधान निर्माण भई संघिय लोकतान्त्रिक गणतान्त्रिक नेपाल संस्थागत भई रहेको अवस्थामा सुशासन कायम गर्न देखि लिएर विभिन्न वेतिथीहरुलाई अन्त्य गर्दै सभ्य समाज निर्माण, भ्रष्टचारलाई न्यूनीकरण एवम् विधिको शासन कायम गर्दै देश अगाडी बढी रहेको अवस्थामा गणतान्त्रिक व्यवस्थालाई कमजोर गर्नका निमित मृत भई सकेका राजतन्त्रलाई फेरी पनि राजाका समर्थक केहि आराजक व्यक्तिहरु आफनो स्वार्थ सिद्ध गर्नका निमित आन्दोलनका नाममा देशमा विधन्स आंत्तक मचाई व्यक्तिको भौतिक संरचना, सरकारी संरचना लगायतमा आगजनी, लुटपाट गर्नु र पत्रकारलाई हत्या, कुटपिट, अंगभंग गर्नु एवम् संचारगृहमा तोडफोड गरी देशलाई नै तहशनहश गर्ने दिशामा अघि बढी रहेको कार्यको घोर भर्त्सना एवम् निन्दा गर्दछु ।” उल्लेख छ ।

प्रमुख जिल्ला अधिकारीलाई काँग्रेसले ज्ञापन पत्र बुझाउँदै नेपालको सार्वभौमसत्ता र अखण्डतामा आँच आउने गरी भारतीय मिडियाहरूले राजा र राजतन्त्रको पक्षमा वकालत गरेर दिग्भ्रमित पारिरहेकाले नेपालमा ती भारतीय मिडियाहरूको प्रसारणमा रोक लगाउन माग गरेको हो ।

प्रतिक्रिया लेख्नुहोस्
Advertisement spot_img
Advertisementspot_img
Advertisementspot_img
Advertisementspot_img
Advertisement
Advertisement

ट्रेन्डिङ

Advertisementspot_img
Advertisementspot_img

सम्बन्धित खबर

ताजाखबर