Saturday, September 5, 2026

शिक्षकका माग पूरा गर्न शिक्षामन्त्रीलाई बाराको सुवर्ण गाउँपालिकाको पत्र

Advertisement
Advertisement Advertisement

कलैया ,२५ चैत । बाराको सुवर्ण गाउँपालिकाले शिक्षकहरुको जाहेज माग तत्काल सम्बोधन गर्न केन्द्र सरकार संग माग गरेको छ ।

गाउँपालिकाका अध्यक्ष राजेश प्रसाद यादवले शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री विद्या भट्टराईलाई एक पत्र लेख्दै शिक्षक र कर्मचारीका मागहरु पूरा गर्न आग्रह गरेका हुन । सोमबार शिक्षा मन्त्रीलाई पत्र लेख्दै गाउँपालिका अध्यक्ष यादवले शिक्षक आन्दोलनबाट पालिकामा २०८२ सालको नयाँ भर्ना अभियान लगायत पालिकाको शैक्षिक कार्यक्रमहरु प्रत्यक्ष प्रभाव परेको भन्दै शिक्षकको माग तत्काल सम्बोधन गर्न आग्रह गरेका हुन ।

गाउँपालिका अध्यक्ष यादवद्वारा जारी पत्रमा,”आन्दोलनबाट विद्यालयका नियमित कामकाज तथा गाउँपालिकाका शैक्षिक कार्यक्रमहरुमा पनि प्रत्यक्ष प्रभाव परेको र शैक्षिक सत्र २०८२ को भर्ना अभियानसमेत तोकिएको समयमा सचालन गर्न नसकिने अवस्था सिर्जना भएकोले शिक्षक तथा कर्मचारीहरूका जाहेज मागहरुमा समर्थन रहेको व्यहोरा जनाउँदै यथोचित मागहरु सम्बोधन गरी उच्च मनोबलका साथ काममा फर्कने वातावरण निर्माणका लागि अनुरोध छ ।” उल्लेख छ ।

शैक्षिक सुधार तथा शिक्षा ऐन माग गर्दै केही दिन यता देशभरका शिक्षक काठमाडौं केन्द्रित आन्दोलनमा छन्। उनीहरूले शिक्षा ऐनको प्रत्याभूत नभएसम्म आन्दोलन नरोक्ने चेतावनी दिँदै आएका छन् ।

प्रतिक्रिया लेख्नुहोस्
Advertisement spot_img
Advertisement spot_img
Advertisementspot_img
Advertisement
Advertisement

ट्रेन्डिङ

Advertisementspot_img
Advertisementspot_img

सम्बन्धित खबर

ताजाखबर