26.5 C
Kalaiya

Thursday, September 18, 2025
spot_img
26.5 C
Kalaiya
Thursday, September 18, 2025

पुर्वाधार विकास कार्यालय बारामा छड्के अनुगमन : निमित्त प्रमुखसहित ५ जना कर्मचारी अनुपस्थित

spot_img
spot_img

कलैया, २५ चैत । जिल्ला प्रशासन कार्यालयको टोलीले सोमबार पुर्वाधार विकास कार्यालय बारामा छडके अनुगमन गरेको छ ।जिल्ला प्रशासन कार्यालय बाराका प्रशासन शाखाका नायब सुब्बा रत्न बहादुर स्याङतानको नेतृत्वमा खटिएको टोलीको छड्के अनुगमन गरेको हो।

Advertisement

अनुगमनमा निमित्त कार्यालय प्रमुख राजेन्द्र साह,ईन्जिनियर रिम्पु कुमारी यादव,सब इन्जिनियर  रामसेवक यादव र कार्यालय सहयोगी उमेश कुमार साह र कम्प्युटर अपरेटर विजेन्द्र चौधरी २०८१ चैत २१ देखि २५ गतेसम्म कार्यालयमा अनुपस्थित रहेको पाइएको पाईएको प्रशासनका नायब सुब्बा स्याङतानले बताएका छन् ।  साथै कार्यालय समयमा कुनै पनि कर्मचारीहरुले पशाक नलगाएको पाईएको समेत उनले बताए ।

Advertisement

पुर्वाधार विकास कार्यालयमा सेवा प्रवाहमा ढिलासुस्ती भइरहेको गुनासो बढन थालेपछि छड्के अनुगमन गरिएको जिल्ला प्रशासन कार्यालय बाराले जनाएको छ । अनुगमनको क्रममा कर्मचारीहरूलाई नियमित रूपमा कार्यालय समयमा उपस्थिति गराई छिटो–छरितो र प्रभावकारी सेवा प्रवाहतर्फ ध्यान पुर्‍याउन प्रशासनले निर्देशन दिएको हो ।

सो अनुगमन टोलीमा सदस्य लेखापाल दल बहादुर शाही समेतको सहभागिता थियो। उक्त कार्यालयमा जम्मा २० वटा कर्मचारीको दरबन्दी रहेको छ भने १२ रिक्त दरबन्दी पनि रहेको छ ।

प्रतिक्रिया लेख्नुहोस्
Advertisementspot_img
Advertisementspot_img
Advertisementspot_img

ट्रेन्डिङ

Advertisementspot_img
Advertisementspot_img

सम्बन्धित खबर

ताजाखबर