कलैया, २५ चैत । जिल्ला प्रशासन कार्यालयको टोलीले सोमबार पुर्वाधार विकास कार्यालय बारामा छडके अनुगमन गरेको छ ।जिल्ला प्रशासन कार्यालय बाराका प्रशासन शाखाका नायब सुब्बा रत्न बहादुर स्याङतानको नेतृत्वमा खटिएको टोलीको छड्के अनुगमन गरेको हो।
अनुगमनमा निमित्त कार्यालय प्रमुख राजेन्द्र साह,ईन्जिनियर रिम्पु कुमारी यादव,सब इन्जिनियर रामसेवक यादव र कार्यालय सहयोगी उमेश कुमार साह र कम्प्युटर अपरेटर विजेन्द्र चौधरी २०८१ चैत २१ देखि २५ गतेसम्म कार्यालयमा अनुपस्थित रहेको पाइएको पाईएको प्रशासनका नायब सुब्बा स्याङतानले बताएका छन् । साथै कार्यालय समयमा कुनै पनि कर्मचारीहरुले पशाक नलगाएको पाईएको समेत उनले बताए ।
पुर्वाधार विकास कार्यालयमा सेवा प्रवाहमा ढिलासुस्ती भइरहेको गुनासो बढन थालेपछि छड्के अनुगमन गरिएको जिल्ला प्रशासन कार्यालय बाराले जनाएको छ । अनुगमनको क्रममा कर्मचारीहरूलाई नियमित रूपमा कार्यालय समयमा उपस्थिति गराई छिटो–छरितो र प्रभावकारी सेवा प्रवाहतर्फ ध्यान पुर्याउन प्रशासनले निर्देशन दिएको हो ।
सो अनुगमन टोलीमा सदस्य लेखापाल दल बहादुर शाही समेतको सहभागिता थियो। उक्त कार्यालयमा जम्मा २० वटा कर्मचारीको दरबन्दी रहेको छ भने १२ रिक्त दरबन्दी पनि रहेको छ ।