Saturday, June 27, 2026

बारामा प्रतिबन्धित लागूऔषध बरामद, एक युवक पक्राउ

कलैया, २४ असार । बारामा प्रहरीले प्रतिबन्धित लागूऔषध सहित एक युवकलाई पक्राउ गरेको छ। पक्राउ पर्नेमा जीतपुरसिमरा उपमहानगरपालिका–७ का करिब २० वर्षीय सेराज अंसारी रहेको प्रहरीले जनाएको छ ।

जिल्ला प्रहरी कार्यालय बाराबाट प्रहरी सहायक निरीक्षक नन्द किशोर सिंहको कमाण्डमा खटिएको पिकेट ड्युटी टोलीले सोमबार साँझ कलैया उपमहानगरपालिका–५ स्थित भरत चौक नजिक मटिअर्वा जाने बाटोको छेउबाट पक्राउ गरेको हो।

प्रहरीका अनुसार, सो स्थानमा एक युवक दुई वटा क्यारेट लिएर शंकास्पद रूपमा उभिरहेको सूचनाका आधारमा निगरानी गरिएको थियो। प्रहरी टोली देखेपछि ती युवक भाग्न खोजे पनि तत्काल नियन्त्रणमा लिइएको थियो।

त्यसपछि तलासी लिँदा उक्त क्यारेटभित्रको माथिल्लो भागमा आँप र तल्लो भागमा लुकाइएको अवस्थामा ४ हजार ५ सय पिस लागूऔषध फेला परेको हो। प्रहरीले नोफिन १५ सय पिस, फेनारगन १५ सय पिस र डाईजोपाम १५ सय पिस बरामद गरेको हो ।

अंसारीलाई पक्राउ गरी थप अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय बाराले जानकारी दिएको छ।

प्रतिक्रिया लेख्नुहोस्

Advertisement

Advertisementspot_img
Advertisement
Advertisement

ट्रेन्डिङ

Advertisementspot_img
Advertisementspot_img

सम्बन्धित खबर

ताजाखबर