Saturday, June 27, 2026

रसुवा बाढीमा बेपत्ता १८ जनाको नाम सार्वजनिक, बाराका समेत एक जना

काठमाडौँ, २४ असार ।  चीन-सिमानाको ल्हेन्दे खोलामा सोमबार राति आएको बाढीमा परेर अहिलेसम्म १८ जना बेपत्ता भएकाे खुलेकाे छ । अचानक अाएकाे बाढीकाे चपेटामा परी बेपत्ता हुनेमा तीन प्रहरी र ६ चिनियाँ नागरिक समेत रहेका छन् ।

सशस्त्र प्रहरीले दिएको विवरण अनुसार सम्पर्कविहीन हुनेहरुको विवरणः

नेपाल प्रहरी

प्र.चौ.हाकु रसुवा दरबन्दी भइ इ.प्र.का. टिमुरे रसुवामा कार्यरत जिल्ला रामेछाप लिखु तामाकोशी गा.पा. वडा नं.०४ बस्ने वर्ष ४२ को प्र.स.नि. लाल बहादुर श्रेष्ठ ।

जि.प्र.का. पर्सा दरबन्दी भइ इ.प्र.का. टिमुरे रसुवामा कार्यरत जिल्ला बारा फेटा गा.पा. वडा नं.०१ बस्ने वर्ष २४ को प्र.ज. मुन्ना ठाकुर ।

प्र.चौ. लाङटाङ रसुवा दरबन्दी भइ इ.प्र.का. टिमुरे रसुवामा कार्यरत जिल्ला बझाङ बुंगल न.पा. वडा नं.०९ बस्ने वर्ष २३ को प्र.ज. लोकेन्द्र बोहोरा ।

चाइनिज नागरिकः-

चाइनिज पुरुष नागरिक वर्ष नखुलेको YU YUE
चाइनिज पुरुष नागरिक वर्ष नखुलेको LI HUAQING
चाइनिज पुरुष नागरिक वर्ष नखुलेको YANG CHUAN
चाइनिज पुरुष नागरिक वर्ष नखुलेको YU HAI HANG
चाइनिज पुरुष नागरिक वर्ष नखुलेको YOU XIAO QIU
चाइनिज पुरुष नागरिक वर्ष नखुलेको JOU YONG

नेपाली नागरिकः-

जिल्ला बर्दिया बस्ने वर्ष ३६ को जिपन चौधरी
.ऐ.ऐ. बस्ने वर्ष ३५ को सन्तोष दइत
ऐ.ऐ. बस्ने वर्ष २५ को बुद्दीराम थारु
ऐ.ऐ. बस्ने वर्ष २४ को लक्ष्मीनारायण थारु
ऐ.ऐ. बस्ने वर्ष ३० को सुरेश थारु
जिल्ला बाग्लुङ बस्ने वर्ष नखुलेको नरेन्द्र वि.क.
जिल्ला सि.पा. घर भएको कन्टेनर डिब्बा चालक वर्ष नखुलेको फुर्वा लामा
वतन नखुलेको मिक्चर चालक वर्ष नखुलेकोगोविन्द मोक्तान
वतन नखुलेको हाइलक्स चालक वर्ष नखुलेको लोकमान तामाङ

प्रतिक्रिया लेख्नुहोस्

Advertisement

Advertisementspot_img
Advertisement
Advertisement

ट्रेन्डिङ

Advertisementspot_img
Advertisementspot_img

सम्बन्धित खबर

ताजाखबर