कलैया, ०५ वैशाख । बारामा सवारी दुर्घटनामा परी दुई जनाको मृत्यु भएको छ । जितपुरसिमरा उपमहानगरपालिका वडा नम्बर १६ स्थित पुर्व पश्चिम राजमार्ग सडक खण्डमा टिपर र कार ठोक्किँदा दुर्घटना भएको प्रहरीले जनाएको छ ।
निजगढबाट पथलैया तर्फ जाँदै गरेको प्र२-०३-००१ ख ०६०७ नम्बरको टिपर र विपरित दिशाबाट आउदै गरेको बा. ०१-०२५ च ५०७६ नम्बरको कार एक आपसमा ठोक्किँदा दुई जनाको मृत्यु भएको जिल्ला प्रहरी कार्यालयले जनाएको छ ।
मृत्यु हुनेमा कारमा सवार सर्लाहीको बर्हथवा नगरपालिका-१५ हजरिया बस्ने बर्ष ४६ को नारायण हरी शर्मा र अर्का एक जना कार चालक रहेको र उनको पहिचान खुल्न नसकेको प्रहरीले जनाएको छ । प्रहरीका अनुसार टिपर चालक फरार रहेको र खोजी कार्य भईरहेको छ ।