Sunday, August 9, 2026

शिक्षकहरूको आन्दोलन आज पनि जारी

कलैया, ८ वैशाख। शिक्षकहरूको काठमाडौं केन्द्रित आन्दोलन आज सोमबार पनि जारी रहेको छ । गत चैत २० गतेदेखि शिक्षकहरू काठमाडौंको माईतीघर मण्डलामा आन्दोलनरत छन ।

विद्यालय शिक्षा ऐन जारी गर्न माग गर्दै बारा जिल्लासहित देशभरका शिक्षक र विद्यालयका कर्मचारीहरु काठमाडौं केन्द्रित आन्दोलनमा छन। कक्षा १२ को परीक्षा वैशाख ११ गतेदेखि सुरू हुने परिक्षामा आफुहरु सहभागी नहुने समेत शिक्षकहरुले बताएका छन । राज्यले आफूहरुका माग छिटो सम्बोधन गर्नेमा आशावादी रहेको शिक्षकहरुले बताए।

प्रधानमन्त्री, शिक्षामन्त्री, सभामुखसँग समेत छलफल गरेपनि शिक्षकहरूले आन्दोलन छोडेका छैनन् । विद्यालय शिक्षा ऐन जारी नभएसम्म आन्दोलन जारी रहने शिक्षकहरूको अडान छ ।

प्रतिक्रिया लेख्नुहोस्

Advertisement

Advertisementspot_img
Advertisementspot_img
Advertisement
Advertisement

ट्रेन्डिङ

Advertisementspot_img
Advertisementspot_img

सम्बन्धित खबर

ताजाखबर