28.9 C
Kalaiya

Wednesday, August 20, 2025
spot_img
28.9 C
Kalaiya
Wednesday, August 20, 2025

आज सुनको मूल्यमा भारी गिरावट, कतिमा हुँदैछ कारोबार ?

spot_img
spot_img
spot_img

कलैया, १० वैशाख। आज सुनको मूल्यमा भारी गिरावट आएको छ । मंगलबार तोलामा ६ हजार ९ सय रुपैयाँले बढेर हाल सम्मकै उच्च रेकर्ड बनाएको सुनको मूल्य आज (बुधबार) प्रतितोला साढे ७ हजारले घटेको हो ।

Advertisement

जसअनुसार नेपाली बजारमा सुनको मूल्य बुधबार ७ हजार ५ सयले घटेर तोलामा १ लाख ९० हजार ४०० रुपैयाँ कारोबार भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ।

Advertisement

त्यस्तै, चाँदीको मूल्यमा पनि सामान्य गिरावट आएको छ। चाँदी प्रति तोला ५ रुपैयाँले घटेर १ हजार ९ सय ६५ रुपैयाँमा कारोबार भइरहेको महासंघले जनाएको छ । चाँदी मंगलबार तोलामा १ हजार ९ सय ७० रुपैयाँ कायम भएको थियो।

प्रतिक्रिया लेख्नुहोस्

सिफारिस

सम्बन्धित खबर

ताजाखबर