Friday, August 14, 2026

पर्साबाट दुई सय किलो भन्दाबढी गाँजा बरामद

कलैया, १० मंसिर। पर्साबाट सशस्त्र प्रहरीले दुई सय किलो भन्दाबढी गाँजा बरामद गरेको छ।

विशेष सूचनाका आधारमा सशस्त्र प्रहरी बलको टोलीले विन्दवासिनी गाउँपालिका–६ बटसौरामा कुन्युभित्र लुकाइराखेको दुई सय १३ किलो गाँजा बरामद गरेको प्रहरी उपरीक्षक पुरनचन्द्र भट्टले जानकारी दिएका छन्।

गस्तीमा रहेको टोलीले मङ्गलबार उक्त परिमाणको गाँजा बरामद गरेको एसपी भट्टले जानकारी दिए। सशस्त्र प्रहरी बलले सीमावर्ती क्षेत्रमा चोरीतस्करी तथा लागुऔषध ओसारपसार हुन नदिन ‘इन्टेलिजेन्स लिड अपरेसन’ सञ्चालन गरेको छ ।

प्रतिक्रिया लेख्नुहोस्

Advertisement

Advertisementspot_img
Advertisementspot_img
Advertisement
Advertisement

ट्रेन्डिङ

Advertisementspot_img
Advertisementspot_img

सम्बन्धित खबर

ताजाखबर