Thursday, October 15, 2026

पर्सामा १४ लाख २५ हजार बढीको अवैध सामान बरामद

Advertisement
Advertisement

बारा, २९ असोज । पर्साका दुई सीमा क्षेत्रबाट सशस्त्र प्रहरीले एकै दिन १४ लाख २५ हजार ५०० रुपैयाँ बराबरका अवैध सामान बरामद गरेको छ। बरामद सामग्रीमध्ये औषधिको मूल्य सबैभन्दा बढी रहेको छ।

सशस्त्र प्रहरी बल नेपाल नं. १३ गण हेडक्वार्टर पर्साका अनुसार वीरगञ्ज महानगरपालिका–२५ खल्वा सीमा क्षेत्रमा धान खेतभित्र लुकाएर राखिएको १३ लाख ४५ हजार ५०० रुपैयाँ बराबरका विभिन्न प्रकारका औषधि फेला परेको हो। बुधबार बीओपी ड्राईपोर्टबाट खटिएको टोलीले उक्त औषधि बरामद गरेको थियो।

बरामद औषधिलाई आवश्यक कानुनी प्रक्रिया अघि बढाउन वीरगञ्ज भन्सार कार्यालयमा बुझाइएको सशस्त्र प्रहरीले जनाएको छ।

यसैगरी, छिपहरमाई गाउँपालिका–५ स्थित भिष्वा सीमा क्षेत्रमा भारतबाट भन्सार छली नेपालतर्फ ल्याइँदै गरेका ८० हजार रुपैयाँ बराबरका सामान नियन्त्रणमा लिइएको छ। बीओपी भिष्वाबाट खटिएको टोलीले जुत्ता, चप्पल र प्लास्टिकका खेलौनालगायतका सामग्री बरामद गरेको हो। ती सामान पनि आवश्यक कारबाहीका लागि भन्सार कार्यालयमा बुझाउने प्रक्रिया भइरहेको प्रहरीले जनाएको छ।

सशस्त्र प्रहरी बल नेपाल नं. १३ गण हेडक्वार्टर पर्साका सूचना अधिकारी तथा सशस्त्र प्रहरी नायब उपरीक्षक सुरज क्षेत्रीले दुवै घटनामा बरामद सामग्रीको कुल मूल्य १४ लाख २५ हजार ५०० रुपैयाँ रहेको जानकारी दिएका छन्।

सीमा क्षेत्रमा हुने भन्सार छली तथा अवैध ओसारपसार नियन्त्रणका लागि सशस्त्र प्रहरीले निगरानी र कारबाहीलाई निरन्तरता दिएको जनाएको छ।

प्रतिक्रिया लेख्नुहोस्
Advertisement spot_img
Advertisementspot_img
Advertisementspot_img
Advertisementspot_img
Advertisementspot_img
Advertisement
Advertisement

ट्रेन्डिङ

Advertisementspot_img
Advertisementspot_img

सम्बन्धित खबर

ताजाखबर