Friday, August 14, 2026

छोराको कुटपिटबाट बाबुको मृत्यु

कलैया, १० मंसिर। नवलपरासीमा छोराको कुटपिटबाट बाबुको मृत्यु भएको छ। हुप्सेकोट गाउँपालिका वडा नम्बर १ जुगेपानी बस्ने ६० वर्षीय रामबहादुर विकको मृत्यु भएको प्रहरीले जनाएको छ।

प्रहरीले मृतकका छोरा ३० वर्षीय छोरा सन्तकुमारलाई नियन्त्रणमा लिएको जिल्ला प्रहरी कार्यालयका प्रहरी नायब उपरीक्षक मधु नेपालले जानकारी दिएका छन्। घरायसी विवादमा छोराले गए राति बुबालाई कुटपिट गरेका हुन् ।

कुटपिटबाट गम्भीर घाइते भएका रामबहादुरको उपचारका क्रममा मध्यविन्दु प्रादेशिक अस्पतालमा मृत्यु भएको प्रहरीले जनाएको छ। प्रहरीका अनुसार अभियुक्तलाई नियन्त्रणमा लिएर थप अनुसन्धान अगाडी बढाइएको छ।

प्रतिक्रिया लेख्नुहोस्

Advertisement

Advertisementspot_img
Advertisementspot_img
Advertisement
Advertisement

ट्रेन्डिङ

Advertisementspot_img
Advertisementspot_img

सम्बन्धित खबर

ताजाखबर