Saturday, August 1, 2026

अलपत्र बाराको मानवत–मटिअर्वा सडक: प्रभु साहले सदनमा सरकारसँग मागे जवाफ

कलैया, १५ वैशाख। प्रतिनिधिसभाको आजको बैठकमा सांसद प्रभु साहले बारा जिल्लाको मानवत–मटिअर्वा सडकको अवस्था बारे सरकारको गम्भीर ध्यानकर्षण गराएका छन्। साहले संसदमा बोल्दै झन्डै १० वर्षअघि सुरु यो सडक आजसम्म पनि निर्माण सम्पन्न नहुनु अत्यन्त दुःखद र लज्जास्पद भएको उल्लेख गरे। उनले भने, “१० वर्ष बितिसक्दा पनि मूल सडक निर्माण हुन नसक्नुले त्यहाँको जनजीवन अस्तव्यस्त भएको छ।”

उनले भने मूल सडक नै अवरुद्ध हुँदा विशेषगरी कलैया क्षेत्रको बजार क्षेत्र हिलाम्य र अस्तव्यस्त भएको छ। गाडी गुड्न त परै जाओस्, सर्वसाधारण हिँड्न पनि नसक्ने अवस्था छ। वर्षायाममा त अवस्था झन् भयावह बन्छ। “१० वर्षअघि ठेक्का भएको सडक अझै किन निर्माण भएन? ठेकेदारले काम छाड्दा उसमाथि कुनै कानुनी कारबाही किन भएन? सम्बन्धित निकाय र जिम्मेवार व्यक्तिहरू किन मौन छन्?” साहले संसदमा प्रश्न उठाए ।

उनले सभामुखमार्फत सरकारलाई प्रश्न गर्दै प्रधानमन्त्री र अर्थमन्त्री (जो एमाले पार्टीकै हुन) संग जवाफ मागे। “सडक निर्माण नभएर जनजीवन मात्र होइन, त्यहाँको स्थानीय अर्थतन्त्र समेत थला परेको छ,” साहले थपे । उनले तत्काल सडक निर्माणको काम अगाडि बढाउन सरकारसँग माग गरेका छन्।

प्रतिक्रिया लेख्नुहोस्

Advertisement

Advertisementspot_img
Advertisement
Advertisement

ट्रेन्डिङ

Advertisementspot_img
Advertisementspot_img

सम्बन्धित खबर

ताजाखबर