21.4 C
Kalaiya

Saturday, November 1, 2025
spot_img
21.4 C
Kalaiya
Saturday, November 1, 2025

आज २०८२ साल जेठ १४ गते बुधबार, यस्तो छ तपाईंको राशिफल

spot_img
spot_img

आजको राशिफल :

Advertisement

जेठ शुक्ल पक्षको प्रतिपदा तिथि। दशहरा स्नानको सुरुवात। तदनुसार सन् २०२५ मे २८ तारिख। नक्षत्र अनुसार १२ वटा राशि हुन्छन्। चन्द्रमा अनुसार राशि र नक्षत्रका पद अनुसार नाम राखिन्छ। त्यही आधारमा व्यक्तिको दैनिकीको विषयमा भविष्यवाणी हुन्छ

Advertisement

मेष : शुभचिन्तकहरूको कुरालाई ध्यान दिनुहोस्। विद्यार्थीहरूको बौद्धिक क्षमतामा विकास हुनेछ। व्यापार व्यवसायमा पिताको साथ मिल्ला। नयाँ कार्य थालिनको लागि उपयुक्त समय रहेको छ। आजको शुभ रंग खैर‍ो हो भने शुभ अंक ६ रहेको छ।

Advertisement

वृष :आयआर्जनका राम्रा स्रोत बन्नेछन्। अध्ययनमा समय दिन नसकेपनि प्रतिफल राम्रो मिल्नेछ। प्रयत्न गर्दा समाजसेवामूलक कार्य गर्न सकिनेछ। आजको शुभ रंग सेतो हो भने शुभ अंक ५ रहेको छ।

मिथुन : आज मन शान्त रहनेछ। व्यवसायिक कार्यमा खर्च बढ्नेछ। आटेका कार्यसम्पादन गर्न अलि गाह्रो रहनेछ। प्रतिरोधात्मक क्षमता बढाउनलाई पौष्टिक भोजनको सेवन गर्नुहोला । आजको शुभ रंग बैजनि हो भने शुभ अंक ७ रहेको छ।

कर्कट : स्वास्थ्य चिन्ताले सताउनेछ। बोलेको विपरित अर्थ लाग्ने छ । आकस्मिक धन लाभका योग छन्। अरुको लागि बुद्धि र श्रम खर्च गर्नुपर्ला। आजको शुभ रंग हरियो हो भने शुभ अंक ३ रहेको छ।

सिंह : धार्मिक व्यक्तिहरूबाट सहयोग मिल्नेछ। सुन्दर पहिरनले व्यक्तित्व निखार आउनेछ। शत्रुहरू किनारा लाग्नेछन्। अध्ययनमा सफलता मिल्नेछ। आजको शुभ रंग निलो हो भने शुभ अंक ५ रहेको छ।

कन्या : कार्यक्षेत्रमा कामको मेसो नमिल्ला। व्यवहारमा पछाडि पर्नुहोला। विद्यार्थी वर्गहरूको पठनपाठनमा मन लाग्नेछ। दाम्पत्य जीवन सुमधुर रहनेछ। आजको शुभ रंग पहेलो हो भने शुभ अंक २ रहेको छ।

तुला :मेहनतले कार्यमा सफलता दिलाउनेछ। लगनशीलता वा धैर्यले आँटेको कार्य समयमा सम्पादन हुनेछ। स्वास्थ्यले साथ दिनेछ। प्रतिस्पर्धामा सफलता पाइनेछ । आजको शुभ रंग सुन्तला हो भने शुभ अंक ३ रहेको छ।

वृश्चिक :व्यापारिक नयाँ अनुबन्ध मिल्नाले मन प्रसन्न रहनेछ। प्रेमको बन्धन कसिनेछ। व्यापार व्यवसायको बाहानामा रमाइलो यात्रा हुन सक्ला। आजको शुभ रंग रातो हो भने शुभ अंक ८ रहेको छ।

धनु :आध्यात्मिक चेतना जगाउनमा गुरुजनहरू सहायक रहनेछन्। युवाहरू करियरलाई लिएर चिन्तित रहनुहुनेछ। सवारी साधनमा धन खर्चका योग छन्। आजको शुभ रंग केशरि हो भने शुभ अंक ७ रहेको छ।

मकर :कर्मयोगले मानसम्मान दिलाउन सहायक हुनेछ। शिक्षाको क्षेत्रमा पदोन्नतिका योग छन्। दिगो कामको जग बसाउने समय रहेको छ। आजको शुभ रंग निल‍ो हो भने शुभ अंक ९ रहेको छ।

कुम्भ :कृषि पशुपालनबाट मनग्य धन लाभ हुनेछ। सञ्चित धन उपयोग गरी नयाँ कार्य थालनीको लागि उपयुक्त समय रहेको छ। आवश्यक भौतिक सुख सुविधा जुटाउन सकिनेछ। आजको शुभ रंग हल्का निलो हो भने शुभ अंक ३ रहेको छ।

मीन :कार्य क्षेत्रमा श्रमको मूल्याङ्कन हुनेछ। गरिएका कार्यबाट राम्रो आम्दानी मिल्नेछ। नयाँ काम थालनी हुनेछ। आयस्रोतमा वृद्धि हुनेछ। आजको शुभ रंग हल्का हरियो हो भने शुभ अंक ४ रहेको छ।

प्रतिक्रिया लेख्नुहोस्
Advertisementspot_img
Advertisementspot_img

ट्रेन्डिङ

Advertisementspot_img
Advertisementspot_img
Advertisementspot_img

सम्बन्धित खबर

ताजाखबर

error: Content is protected You can't copy !!