34.4 C
Kalaiya

Tuesday, June 3, 2025
34.4 C
Kalaiya
Tuesday, June 3, 2025

spot_img

बारामा गाउँपालिका टप गर्ने ३ जना विद्यार्थीलाई ५०/५० हजार रूपैयाँ छात्रवृत्ति प्रदान

spot_img
spot_img
spot_img
Advertisement

कलैया, १८ जेठ। बाराको देवताल गाउँपालिकाले गाउँपालिका टप गर्ने ३ जना विद्यार्थीहरुलाई ५०-५० हजार रूपैयाँ अध्ययनको लागि छात्रवृत्ति स्वरुप प्रदान गरेको छ।

Advertisement
Advertisement

गाउँपालिकाले २०८० सालको माध्यमिक शिक्षा परीक्षा (एसईई) मा सर्वोत्कृष्ट नतिजा ल्याउने ३ जना विद्यार्थीलाई ५० हजार रूपैयाँ छात्रवृत्ति प्रदान गरेको हो। छात्रवृत्ति प्राप्त गर्नेमा रबिन्द्र कुशवाहा महतो, बसन्त कुमार साह र ऋषिरंजन यादव रहेका छन्।

Advertisement

 

कुशवाहा इन्द्रदेव मावि आमवा-३, साह नेरामावि पिप्राढी-४ र यादव नेरामावि रौवाही देवताल-६ बाट एसईई दिएका थिए। तिनै जनालाई देवताल गाउँपालिकाका गाउँपालिका अध्यक्ष उदय प्रसाद यादवले ५० हजार रूपैयाँको चेक हस्तान्तरण गरेका थिए।

गाउँपालिकाले गाउँसभाबाट नै प्रत्येक वर्ष ३ जना विद्यार्थीलाई ५० हजार रूपैयाँ छात्रवृत्ति प्रदान गर्ने निति राखेको यस वर्ष पनि ३ जनालाई छात्रवृत्ति प्रदान गरिएको अध्यक्ष यादवले बताउनुभयो।

प्रतिक्रिया लेख्नुहोस्
spot_img

सिफारिस

spot_img

सम्बन्धित खबर

ताजाखबर