21 C
Kalaiya

Friday, October 31, 2025
spot_img
21 C
Kalaiya
Friday, October 31, 2025

पर्सामा ३० किलो अबैध लागुऔषध गाँजा बरामद

spot_img
spot_img

वीरगन्ज, १९ जेठ। पर्सा प्रहरीले जगरनाथपुरबाट ३० किलो अबैध लागुऔषध गाँजा बरामद गरेको छ।

Advertisement

पर्साको जगरनाथपुर गाउँपालिका वडा नं १ टाडी स्थित नेपालबाट भारततर्फ जाँदै गरेको बीआर ०५ एजे ९०७० नम्बरको मोटरसाइकलमा सवार चालकले प्रहरीलाई देखि मोटरसाइकल त्यही छोडेर फरार भएको थिए।

Advertisement

प्रहरी चौकी पाण्डेपुरका प्रहरी सहायक निरीक्षक बिनोद प्रसाद यादव र तालुक इलाका प्रहरी कार्यालय पटेर्वासुगौलीका प्रहरी हवलदार अनिरुद्र प्रसाद यादवको कमाण्डमा खटिएको प्रहरीको टोलीले ३० किलो गाँजा बरामद गरेको थियो।

Advertisement

बरामद भएको गाँजा र मोटरसाइकललाई नियन्त्रणमा लिई आवश्यक कारबाहीका लागि इलाका प्रहरी कार्यालय पटेर्वासुगौलीमा राखिएको तथा चालकको खोजतलास भईरहेको पर्साका प्रहरी प्रवक्ता एवम् प्रहरी नायब उपरीक्षक किशोर लम्सालले जानकारी दिए।

 

 

प्रतिक्रिया लेख्नुहोस्
Advertisementspot_img
Advertisementspot_img

ट्रेन्डिङ

Advertisementspot_img
Advertisementspot_img
Advertisementspot_img

सम्बन्धित खबर

ताजाखबर

error: Content is protected You can't copy !!