Friday, June 5, 2026

न्यायाधीश माथि मोसो छ्याप्ने तीनजना पक्राउ

spot_img

कलैया,२९ जेठ । उच्च अदालत जनकपुरको अस्थायी इजलास वीरगञ्जमा कार्यरत न्यायाधीश खुसीराम थारुमाथि आज साझ कालो मोसो प्रहार गर्ने तीन जना पक्राउ परेका छन्। घटनामा धर्मेन्द्र बास्तोला नेतृत्वको नेकपा बहुमत पार्टीका कार्यकर्ताहरू संलग्न रहेको पर्सा प्रहरीले पुष्टि गरेको छ ।

उनीहरूले रौतहटको राजपुर बम बिस्फोट तथा व्यक्ति हत्याको आरोपमा जिल्ला अदालतबाट जन्मकैदको सजाय पाएका नेपाली कांग्रेसका पूर्वसांसद मोहम्मद आफताब आलमलाई उच्च अदालत वीरगञ्जले सफाइ दिएको विषयमा असन्तुष्टि जनाउँदै इजलासमै प्रवेश गरी न्यायाधीश थारुमाथि कालो मोसो प्रहार गरेका थिए ।

घटना लगत्तै प्रहरीले तीन जनालाई पक्राउ गरेको छ । पक्राउ पर्नेहरूमा नेकपा बहुमतका केन्द्रीय सदस्य प्युठानको गौमुखी गाउँपालिका–६ घर भई हाल ललितपुरको कुपन्डोल बस्ने ३८ वर्षीय किशोर कुँवर (अविनाश), बहुमत पार्टीका सर्लाही इन्चार्ज सर्लाही हरहथवा नरपालिका– २ घर भएका ४३ वर्षीय पदमबहादुर मगर तथा सिराहा जिल्ला कमिटी सदस्य सिराहाको गोलबजार घर भएका ४८ वर्षीय गर्भु महतो रहेका छन । घटनाको थप अनुसन्धान जारी रहेको जिल्ला प्रहरी कार्यालय, पर्साले जनाएको छ ।

प्रतिक्रिया लेख्नुहोस्

Advertisement

Advertisementspot_img
Advertisementspot_img
Advertisementspot_img
Advertisement

ट्रेन्डिङ

Advertisementspot_img

सम्बन्धित खबर

ताजाखबर