Thursday, July 23, 2026

कलैया ब्लड बैंक प्रादेशिक अस्पतालमा रगतको अभाव

कलैया,३१ जेठ : बाराको कलैया उपमहानगरपालिका–६ मा अवस्थित प्रादेशिक अस्पताल परिसरमा अवस्थित कलैया ब्लड बैंकमा केही दिनदेखि रगतको चरम अभाव भएको छ।

ब्लड बैंकका इन्चार्ज राजाबाबु गुप्ताका अनुसार ब्लड बैंकमा एक हजार पोका रगत भण्डारण गर्ने क्षमता रहेको छ। अहिले स्टोर प्रायः खाली छ। ब्लड बैंकबाट दैनिक ४० देखि ५० जना बिरामीले सेवा लिने गरेका छन्। जेठ २ गतेदेखि रगत अभावका कारण बिरामीहरूले उपचारमा कठिनाइ भोग्नुपरेको इन्चार्ज गुप्ताले जानकारी दिए।

प्रादेशिक अस्पतालमा शल्यक्रिया,डेलिभरी,दुर्घटना लगायतका आकस्मिक सेवाहरूका लागि निरन्तर रगतको माग हुने गर्दछ। बिरामीहरुलाई समयमा रगत नपाएको हुनाले उपचारमा समस्या भोग्नुपर्ने देखिएको छ।

बारा जिल्लामा एउटा रेडक्रस शाखा र १३ वटा उपशाखाहरू सक्रिय छन्। जिल्ला भित्र रहेका अन्य संस्थाहरूको पर्याप्त समन्वय र निरन्तरता अभावले रगतको आपूर्ति हुन सकेको छैन।

ब्लड बैंकका इन्चार्ज गुप्ताले भने, “विगतमा थुप्रै संघ–संस्थाले रक्तदान कार्यक्रम आयोजना गर्दै आएका थिए। तर अहिले नियमित रक्तदान कार्यक्रम नहुनु र जागरूकताको कमीले यो अवस्था सिर्जना भएको हो।”

उनले बारा जिल्लाका संघ–संस्थाहरू,सामुदायिक संगठनहरू,विद्यालय,क्याम्पस,युवा क्लबहरूलाई समय–समयमा रक्तदान कार्यक्रमको आयोजना गरेर मानव जीवन रक्षामा सहयोग गर्न आग्रह गरेका छन्। रक्तदान जीवन दान भएकोले यूवा,समाजसेवि,संघ,संस्था लगायतकाहरुले तत्काल रक्तदान कार्यक्रम आयोजना गरी यस्को आपूर्ति गर्न आवश्यक भैसकेको छ।

प्रतिक्रिया लेख्नुहोस्

Advertisement

Advertisementspot_img
Advertisement
Advertisement

ट्रेन्डिङ

Advertisementspot_img
Advertisementspot_img

सम्बन्धित खबर

ताजाखबर