Thursday, July 23, 2026

कलैयामा दुई महिला सहित २७ जनाले गरे रक्तदान

कलैया,३१ जेठ । विश्व रक्तदाता दिवसको अवसरमा बाराको कलैया उपमहानगरपालिका–६ अस्पताल रोडमा रहेको कलैया हस्पिटल प्रा.लि.द्वारा रक्तदान कार्यक्रम शनिबार सम्पन्न भएको छ। रक्तदान गरौं,जीवनदान गरौं भन्ने मूल नाराका साथ उक्त रक्तदान कार्यक्रम सम्पन्न भएको हो।

सो कार्यक्रममा दुई महिला सहित २७ जना रक्तदान गरेका छन्। कलैया ब्लड बैंकका कर्मचारी कृष्ण यादवका अनुसार उक्त कार्यक्रममा संगीताकुमारी साह एवम् श्रृष्टीकुमारी साहले रक्तदान गरेका हुन्।

रक्तदान गर्नेमा डाक्टर बनारसीलाल केशरी,दरोगाप्रसाद साह कानु,श्यामबाबु महतो,सूर्यकुमार यादव,अमित कुमार,रहिस अन्सारी,रोहित यादव,रामएकबाल यादव,शशी दास, उनेश शर्मा,शिवकुमार साह,भिखारीसाह सोनार,अनिलकुमार यादव,मुना गुप्ता,रनबीर चौधरी,इन्द्रजित चौधरी,पर्वत कुमार यादव,प्रभु यादव,कृष्णकुमार यादव,रमिज राजा,डाक्टर कासीलाल केशरी,नमन चौगाइ,सिनोद गुप्ता,बिकास पोडर र राजेश साहले रक्तदान गरेका हुन् ।

प्रादेशिक अस्पतालको परिसरमा रहेको कलैया ब्लड बैंकमा रगतको चरम अभाव भएको समाचार सुनेपछि सहयोगको भावनाले उक्त रक्तदान कार्यक्रम गरि सहयोग गरेको कलैया हस्पिटल प्रा.लि का संचालक डाक्टर काशीलाल केशरीले बताए। उनले आगामी दिनमा पनि रक्तदान कार्यक्रमलाई निरन्तरता दिने प्रतिबद्धता जनाएका छन्।

उक्त कार्यक्रममा कलैया उपमहानगरपालिका वडा नम्बर १ का वडा सदस्य शशी दास,हस्पिटलका डाक्टर,कर्मचारी,कुरुवाहरु लगायतको सहभागिता रहेको थियो।

प्रतिक्रिया लेख्नुहोस्

Advertisement

Advertisementspot_img
Advertisement
Advertisement

ट्रेन्डिङ

Advertisementspot_img
Advertisementspot_img

सम्बन्धित खबर

ताजाखबर