Sunday, September 27, 2026

ट्रयाक्टरमा च्यापिएर चालकको मृत्यु

Advertisement
Advertisement

रौतहट ३१ जेठ। रौतहटको वृन्दावन नगरक्षेत्र अन्तर्गत खेतबाट बाटोमा चढाउन खोज्दा ट्याक्टरको अगाडिको भाग उठी च्यापिएर चालकको मृत्यु भएको छ ।

मृत्यु हुनेमा वृन्दावन-७ बस्ने इक्रुल मंसुरीको छोरा बर्ष २४ को ट्याक्टर चालक नजामोदिन मंसुरी  रहेको ईलाका प्रहरी कार्यालय गरुडाका प्रमुख डिएसपी राजन कार्कीले बताए ।

वृन्दावन- ७ हुसेनीचोक र आकरपाथर बिच भित्रि सडक खण्डमा  ना ४ त २०६८ नम्बरको गिट्टी लोड भएको ट्याक्टर  खेतबाट रोडमा निकाल्ने क्रममा अगाडिको भाग उठी स्टेरिङमा चालक मन्सुरी च्यापिएको अचेत अवस्थामा रहेको थियो।

प्रहरी टोलीले निजलाई उपचारको लागि चन्द्रपुर अस्पताल प्रालिमा पठाईएकोमा चिकित्सकले गएराती मृत घोषणा गरेको डिएसपी कार्कीले जानकारी दिए।

दुर्घटनामा परेको ट्याक्टर प्रहरीले नियन्त्रणमा लिएर अनुसन्धान गरिरहेको ईलाका प्रहरी कार्यालय गरुडाले जनाएको छ।

प्रतिक्रिया लेख्नुहोस्
Advertisement spot_img
Advertisementspot_img
Advertisementspot_img
Advertisementspot_img
Advertisementspot_img
Advertisement
Advertisement

ट्रेन्डिङ

Advertisementspot_img
Advertisementspot_img

सम्बन्धित खबर

ताजाखबर