Saturday, June 6, 2026

कलैयामा जिल्ला विपद् व्यवस्थापन समितिको बैठक सम्पन्न

spot_img

कलैया,०३ असार । जिल्ला प्रशासन कार्यालय बारामा जिल्ला विपद् व्यवस्थापन समितिको बैठक सोमबार सम्पन्न भएको छ ।

जिल्ला प्रशासन कार्यालय बाराका प्रमुख जिल्ला अधिकारी एवम् जिल्ला विपद व्यवस्थापन समितिका अध्यक्ष बसन्त अधिकारीको अध्यक्षतामा बैठकको जिल्ला समन्वय समिति बाराका सभापति नरेन्द्र साहको प्रमुख अतिथित्वमा विभिन्न निर्णय गर्दै जिल्ला विपद् व्यवस्थापन समितिको बैठक सम्पन्न भएको हो ।

गर्मीमा हुन् सक्ने आगलागी,बर्षातमा बाढी पहिरोबाट हुन् सक्ने सम्भावित जोखिमलाई ध्यानमा राखेर जिल्ला स्थित सुरक्षाकर्मी, सम्बन्धित क्षेत्रमा काम गर्ने विभिन्न कार्यालय, जिल्लाका सबै स्थानीय तह लगायत स्थानीय व्यवस्थापन समितिले तयारी अवस्थामा बस्न छलफल भएको थियो ।

विपद्को पूर्व तयारी, जोखिम न्यूनिकरण, विपद् प्रतिकार्य र विपद् पुनलभि लगायतको कार्यका लागि तयारी अवस्थामा रही समग्र विपद् व्यवस्थापनलाई प्रभावकारी बनाउने निर्णय गरिएको प्रजिअ अधिकारीले बताए ।

पाँचथरको हेवा खोलामा निर्माणाधीन बेलिब्रिज खस्दा त्यहा कार्यरत बाराको जितपुरसिमरा उपमहानगरपालिका (१२ का तीन जनाको मृत्युप्रति हार्दिक संवेदना व्यक्त गर्दै कानुन बमोजिम क्षतीपुर्तीका लागि जिल्ला विपद व्यवस्थापन समितिले अगाडि बढाउने प्रजिअ अधिकारीले बताए छन् ।

त्यस्तै जितपुरसिमराको जग्गाको सवालमा जिल्ला प्रशासन कार्यालय बारा,मालपोत,नापी र जितपुरसिमरा उपमहानगरपालिका का वातावरण शाखाका प्रतिनिधि लगायत ५ जनाको टोलिले जग्गा हेरेर प्रतिवेदन विपद व्यवस्थापनमा बुझाउने उनले बताए ।

विपद आउने वितिकै कतै हारगुहार गर्दा पनि तत्काल निर्णय गरेर पहिलो चरणको खोज तथा उदार गर्ने काम गर्ने स्थानीयले नै गर्ने हो । स्थानीय तहहरुले आफु संग भएको विपद सामाग्री सुरक्षालाई दिनु पर्ने उनले बताए । सुरक्षाकर्मी फस्ट रेस्पोन्डरको रुपमा अगाडि रहेको समेत बताए ।

तत्काल राहतका लागि १० देखि २० हजार रुपैयाँ सम्म प्रजिअले राहत दिने सक्थ्यो तर कार्य विधि परिवर्तन हुदा कोषको पैसा खर्च गर्ने अधिकार नरहेको तथा राहत दिने स्थानीय विपदलाई राहत दिने अधिकार रहेको उनले जानकारी दिए ।

उक्त बैठकमा बारा जिल्लाका १६ वटै स्थानीय तहका प्रमुख,सरकारी कार्यालयका प्रमुख तथा सञ्चारकर्मीहरुको उपस्थिति रहेको थियो ।

प्रतिक्रिया लेख्नुहोस्

Advertisement

Advertisementspot_img
Advertisementspot_img
Advertisementspot_img
Advertisement

ट्रेन्डिङ

Advertisementspot_img

सम्बन्धित खबर

ताजाखबर