Thursday, July 23, 2026

पूर्व प्रहरी कर्मचारी परिषद बाराको अध्यक्षमा नागेन्द्र यादव

कलैया,८ असार । पूर्व प्रहरी कर्मचारी परिषद नेपाल बाराको अध्यक्षमा पूर्व प्रहरी नायब निरीक्षक नागेन्द्र प्रसाद यादव सर्वसम्मत रूपमा चयन भएका छन्।

शनिबार कलैयामा सम्पन्न परिषद्को बैठकले पूर्व प्रहरी निरीक्षक तथा तत्कालीन अध्यक्ष मदन प्रसाद यादवलाई हटाउँदै यादवलाई नयाँ अध्यक्षको जिम्मेवारी सुम्पिएको हो। बैठकमा उपस्थित सम्पूर्ण सदस्यहरूको सर्वसम्मत निर्णयबाट यादवले नेतृत्वको जिम्मेवारी पाएका हुन्।

बैठकले समितिको सह-सचिवमा चन्देश्वर साहलाई चयन गर्दै कामकाजको जिम्मेवारी दिएको छ। परिषद्ले आगामी दिनमा थप व्यवस्थित र नियमित रूपमा कार्य सञ्चालन गर्ने प्रतिबद्धता जनाउँदै हरेक महिनाको २५ गते नियमित बैठक बस्ने निर्णय पनि गरेको छ।

उक्त बैठकमा परिषद्का पदाधिकारी, कर्मचारी, विभिन्न तहका पूर्व प्रहरी कर्मचारीहरूको उल्लेखनीय उपस्थिति रहेको थियो।

अध्यक्षमा नियुक्त भएका यादव यसअघि परिषद्को कोषाध्यक्षका रूपमा क्रियाशील रहँदै आएका थिए।

प्रतिक्रिया लेख्नुहोस्

Advertisement

Advertisementspot_img
Advertisement
Advertisement

ट्रेन्डिङ

Advertisementspot_img
Advertisementspot_img

सम्बन्धित खबर

ताजाखबर