Thursday, July 23, 2026

सिम्रौनगढ नगरपालिकाद्वारा ६७ करोड ७१ लाखको बजेट सार्वजनिक

कलैया,०८ असार । बाराको सिम्रौनगढ नगरपालिकाले आइतबार आर्थिक वर्ष २०८२/०८३ का लागि नीति कार्यक्रम तथा बजेट सार्वजनिक गरेको छ ।

नगरपालिका कि उप प्रमुख नजमु शेहरले नगरपालिकाको १० औं नगर सभाबाट आगामी आर्थिक वर्ष २०८२/०८३ का लागि ६७ करोड ७१ लाख ३१ हजार ५८ रुपैयाँको निति कार्यक्रम तथा बजेट सार्वजनिक गरेकी हुन् । शिक्षा,स्वास्थ्य,पूर्वाधार,कृषि क्षेत्रलाई उच्च प्राथमिकतामा राखिएको उप-प्रमुख शेहरले बताइन् ।

नेपाल सरकारबाट विभिन्न अनुदान शिर्षक अन्तर्गत ६७ करोड भन्दा बढी प्राप्त हुने अनुमान गरिएको छ । संघीय सरकारबाट वित्तीय समानिकरण अनुदान १३ करोड १० लाख,राजस्व बाँडफाड अनुदान ११ करोड ३५ लाख ९८ हजार ५८,सशर्त अनुदान ३२ करोड ६३ लाख,सशर्त अनुदान समपुरक ८७ लाख,सशर्त अनुदान विषेश ६९ लाख रुपैयाँ प्राप्त गर्ने उल्लेख गरिएको छ ।

प्रदेश सरकारबाट वित्तीय समानिकरण अनुदान ९१ लाख ७० हजार,राजस्व बाँडफाड अनुदान ९९ लाख ७१ हजार,विषेश अनुदान ३० लाख,समपुरक अनुदान २० लाख रुपैयाँ बराबरको अनुदान प्राप्त हुने छ ।

त्यस्तै नगरपालिकाको आन्तरिक श्रोत मालपोत कार्यालयबाट प्राप्त हुने रजिष्ट्रेशन दस्तुर ६५ लाख,आन्तरिक राजस्व ३ करोड ९९ लाख ९२ हजार,गैर सहकारी संघ संस्थाबाट तथा दातृ निकायबाट २ करोड रुपैयाँ बराबर जुटाउने जनाएको छ ।

नगरपालिका का नगर प्रमुख किशोरी साह कलावारको अध्यक्षतामा भएको नगर सभामा वडा अध्यक्ष,नगर कार्यपालिका सदस्य,कर्मचारी तथा सञ्चारकर्मीहरु लगायतको उपस्तिथि रहेको थियो । सो कार्यक्रमको संचालन प्रमुख प्रसासकिय अधिकृत मदन कुमार थापाले गर्नु भएको थियो ।

प्रतिक्रिया लेख्नुहोस्

Advertisement

Advertisementspot_img
Advertisement
Advertisement

ट्रेन्डिङ

Advertisementspot_img
Advertisementspot_img

सम्बन्धित खबर

ताजाखबर