Sunday, September 27, 2026

बारा : संविधान सभा सदस्य यादवको निधन

Advertisement
Advertisement

कलैया, १८ असार । बाराको सुवर्ण गाउँपालिका वडा नं. २ कवही जगात निवासी संविधानसभा सदस्य रामअयोध्या यादवको निधन भएको छ।

यादवको ७२ वर्षको उमेरमा निधन भएको हो। वीरगञ्ज स्थित हेल्थ केयर अस्पतालमा उपचारका क्रममा बुधबार निधन भएको हो।

यादव मधुमेह रोगबाट लामो समयदेखि पीडित थिए । २०७० सालको दोस्रो संविधानसभाका लागि बारा निर्वाचन क्षेत्र नम्बर १ बाट कांग्रेसको टिकटबाट निर्वाचित भएका यादव मधुमेह रोगबाट पीडित रहेका थिए।

नेपाली कांग्रेसको जिल्लामा आधारस्तम्भ र खम्बा मानिने उनी कांग्रेसका पूर्व जिल्ला सचिव हुन्। उनी महासमिति सदस्य समेत रहेका हुन्।

उनका २ छोरा, २ छोरी र श्रीमती छन् । यादवको अन्तिम संस्कार आजै गाउँमा गरिने उनको छोरा डा. जितेन्द्र यादवले बताए।

उनको दाहसंस्कार स्थायी बसोवास कवही गाउँमै गरिने छ। दिउँसो १ बजे अन्तिम संस्कार गरिने पारिवारिक श्रोतले जनाएको छ।

प्रतिक्रिया लेख्नुहोस्
Advertisement spot_img
Advertisementspot_img
Advertisementspot_img
Advertisementspot_img
Advertisementspot_img
Advertisement
Advertisement

ट्रेन्डिङ

Advertisementspot_img
Advertisementspot_img

सम्बन्धित खबर

ताजाखबर