Saturday, June 6, 2026

बाराका किसानको पीडा: लागतभन्दा कममा चैते धान बेच्न बाध्य

spot_img

सिमरा, २२ असार । बारा जीतपुरसिमरा उपमहानगरपालिका वडा नम्बर १७ का कृषक लालबाबु सहनीले झण्डै एक विगाहा जग्गामा चैते धान लगाएका थिए । उनको सो जग्गाबाट करिब एक सय मन भन्दा बढि धान फलेको छ। धान राम्रै उत्पादन भएपनि उनी खुसी भने छैनन्।

यो बर्ष धान उत्पादन भएपनि उत्पादन भएको धानले उचित मुल्य नपाएपछि कृषक सहनी दुखी भएका हुन ।

कृषक सहनी मात्र होईन अहिले उत्पादन भएको चैते धानले यो बर्ष भाउ नपाउदा धान खेती गर्ने सवै किसानहरु दुखी भएका छन । व्यापारीहरुले धान सस्तो मुल्य लगाएपछि विक्री नै नगरेको उनको भनाई छ । लगानी पनि नउठ्ने भएपछि सहनी यतिखेर चैते धान लगाएकोमा पछुतो मान्दैछन ।

यस्तै जीतपुरसिमरा १७ कै अर्की किसान विमला नेपालको पनि दुखेसो उस्तै छ । झण्डै डेढ विगाहामा चैत धान खेती गरेको तर अहिले धान विक्री गर्न नै  गाह्रो भएको नेपालले बताईन । धानको भाउले गर्दा खेती गर्न लागेको लागत मुल्य पनि नउठ्ने उनको भनाई छ ।

अहिले किसानहरुले चैते धान प्रति किलो १८ रुपैयादेखी २२ रुपैया बन्दा बढि मुल्य पाएका छैनन । धान उत्पादनमा लागत बढी हुन र किसानहरुले धानको उचित मुल्य नपाउदा किसानहरु निरास छन ।

गतबर्ष प्रति किलो ३० रुपैया भन्दा बढी मुल्य पाएर चैते धान खेती गर्न हौसेका बाराका किसानहरु यो बर्ष मुल्य नपाएपछि पछुतो मानिरहेका छन । अर्को विडम्बना कतिपय स्थानीय व्यापारीहरुले धान किन्न नमानेपछि किसानहरुले उधारोमा भएपनि धान वेच्न बाध्य भएका छन ।

सरकारले धानको सर्मथन मुल्य निर्धारण गर्ने तर धान किन्नका लागि तत्परता नदेखाउदा स्थानीय व्यापारीहरुले मनोमानी रुपमा धान किन्ने गरेको जीतपुरसिमरा वडा नम्बर १७ का निवर्तमान वडाअध्यक्ष नवराज खड्का बताउछन । उनले किसानहरुको धान खरिद गर्न सरकारले सहजीकरण गर्नु पर्ने बताए ।

सरकारको उदासिन्दाकै कारण बाराका १६ वटै स्थानीय तहहरुका किसानहरुले यो बर्ष चैते धान लागत मुल्य भन्दा कममा धान बेच्न बाध्य भएका छन ।

प्रतिक्रिया लेख्नुहोस्

Advertisement

Advertisementspot_img
Advertisementspot_img
Advertisementspot_img
Advertisement

ट्रेन्डिङ

Advertisementspot_img

सम्बन्धित खबर

ताजाखबर